गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ १२:४२

बाजुराका स्थानीय तहमा संघीय मामिलाले खटाएका प्रशासकीय अधिकृत अझैं आएनन्

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज ०४, २०८२
बाजुराका स्थानीय तहमा संघीय मामिलाले खटाएका प्रशासकीय अधिकृत अझैं आएनन्

बाजुरा ः बाजुराका स्थानीय तहमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतहरु हालसम्म नआउँदा पुरानै अवस्थामा चल्न थालेका छन् । संघीय मन्त्रालयबाट बाजुराका स्थानीय तहमा खटाइएका अधिकृतहरु हालसम्म आउँन सकेका छैनन् । मन्त्रालयले सरुवा गरेरको करिब एक महिना  बितिसक्दा पनि अधिकृतहरु हाजिर हुन सकेका छैन् ।

खटाईएका प्रशासकीय अधिकृत हालसम्म नआउँदा स्थानीय तह पुनः पुरानै लयमा चल्न थालेका हुन् । भदौ दोस्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाजुराका ६ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । अहिले कतिपय प्रशासकीय अधिकृत स्थानीय तहको सम्पर्कमा समेत नरहेको पाईएको हो ।

मन्त्रालयले बडीमालिका नगरपालिकामा लोकराज जोशी, त्रिवेणी नगरपालिकामा सत्यराज जोशी, बुढीनन्दा नगरपालिकामा भोजराज भट्ट, खप्तड छेडेदह गाउँपालिकामा घनश्याम अर्याल, जगन्नाथ गाउँपालिकामा दीलिप सुवेदी र गौमुल गाउँपालिकामा नवीन पोख्रेललाई जिम्मेवारी दिएर खटाएको थियो ।

तर उनीहरुलाई खटाएको महिनौ बितिसक्दा पनि स्थानीय तहमा आईपुगेका छैनन् । ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पाएको थियो भने स्वामीकार्तिक  र हिमाली गाउँपालिकामा यस अघि नै दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न खटाउन सक्नेछ भन्ने उल्लेख छ ।
 

प्रतिक्रिया