गाैमुल खबर डटकम मङ्गलबार ३१, भदौ २०८२ १२:५३

बाजुरामा सरकारी कार्यालयमा पूर्ववत् सेवा सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ ३१, २०८२
बाजुरामा सरकारी कार्यालयमा पूर्ववत् सेवा सुरु

बाजुरा ः जेनजी प्रदर्शनका कारण बन्द रहेका बाजुराका सरकारी कार्यालय, विद्यालय लगायत संघसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पूर्ववत् अवस्थामा सञ्चालनमा आएको गौमुल खबर डटकमसंग बताएका छन् ।

उनले भने,‘जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन् । कार्यालय खुलेसँगै सेवा प्रवाह पनि थालिएको छ ।’ जेनजी प्रदर्शनमा जिल्लाको अवस्था अन्तको भन्दा सामान्य रहेको प्रजिअ पौडेलले बताए ।

जिल्लाका कुनैपनि सार्वजनिक निकायका संरचनामा आगजनी तोडफोड भएर जिल्लामा सेवा पाउन मुस्किल भने नभएको बताए । सरकारी कार्यालयसँगै संघसंस्था, विद्यालय पनि सञ्चालनमा आएका छन् । प्रदर्शनका कारण बन्द रहेका विद्यालय खुलेका र पठनपाठन थालिएको क्रिएटर जोन एकेडेमी स्कुलका प्रिन्सिपल मीनबहादुर काकीले बताएका छन् ।

प्रतिक्रिया