काभ्रपलाञ्चोक ः सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो ३:३० बजेतिर झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो ।
रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए । पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो ।
त्यसले ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया