बाजुरा ः बडीमालिका नगरपालिका-९ मार्तडी तल्लाबाडाका ७ वर्षीया बालक गौतम थापाको काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको छ ।
थापाको काठमाण्डौ स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।
बालकलाई बचाउनकै लागि चिकित्सकको टोलीले ४८ घण्टा लामो समय दिएका थिए । तर उनको ज्यान बचाउन नसकिएको उपचारमा सहयोग गरिरहेका पत्रकार प्रकाश सिंहले बताएका छन् ।
उनका अनुसार गौतमको मुटुको अप्रेसन भएपछि होसमा नआएर मृत्यु भएको बुझिएको छ । गौतमको ३ वर्षपछि मुटुको दोस्रो अप्रेसन भएको हो ।
प्रतिक्रिया