गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०९:५७
Dho

बाजुराका तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए

८० शाखा अधिकृत गाउँपालिकामा खटाइए (सूचीसहित)
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०६, २०८०
बाजुराका तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए

बाजुरा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ ।मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ । 

बाजुराको गौमुल गाउँपालिकामा कुलचन्द्र अर्याल, राजन पाण्डे स्वामीकार्तिक खाँपर गाउँपालिका र जनकलाल चौधरी हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएर आएका छन् ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार नै नयाँ शाखा अधिकृतहरुलाई खटाइएको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले जानकारी दिए । 

 प्रमुख प्रशासकीय अधिकृत खटाउन सचिवस्तरीय निर्णय हुुनुपर्ने भएता पनि मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सहसचिव हेमराज तामाङलाई शाखा अधिकृतसम्मको सरुवाको जिम्मेवारी प्रत्यायोजन गरेका छन् ।

‘नयाँ शाखा अधिकृत सरुवा गर्दा लोकसेवा आयोगको योग्यता क्रमलाई ६० प्रतिशत र ६ महिना तालिम लिएकोलाई ४० प्रतिशत गरी एकमुष्ट योग्यता क्रम निर्धारण ग¥यौं, त्यसपछि एकातिर रिक्त गाउँपालिकामा योग्यता क्रम अनुसार छान्न दिएर उनीहरुलाई गाउँपालिकामा पठाएका हौं’, उपसचिव राईले भने । मन्त्रालयका अनुसार अब प्रमुख प्रशासकीय अधिकृत रिक्त स्थानीय तहमा ४० भन्दा थोरै रहेको छ ।

कुन गाउँपालिकामा को पुगे ?

       

 

प्रतिक्रिया