गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०९:५५
Dho

कीर्तिचौर माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्ने गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाको भनाई

शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक बहस सञ्चालन
बाजुरा
रमित वि.क.
बुधबार, भदौ ०६, २०८०
कीर्तिचौर माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्ने गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाको भनाई

बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले कीर्तिचौर माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्ने बताएकी छन् । आज उक्त विद्यालयले आयोजना गरेको शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रमको संम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । विद्यालय सुधार योजनाका सबै क्रियाकलाप कार्यान्वयन गर्न अनुरोध गर्दै स्थानीय सरकारले नमूना विद्यालय बनाउने गरी आफुहरु लाग्ने र सबै सरोकारवाला निकायले लाग्न अपिल गरिन् ।

शिक्षा क्षेत्रको सुधारका लागि आफुहरुको पूर्ण ध्यान केन्द्रीत रहेका कारण जति सरकारले अपेक्षा गरेको सोही बमोजिम गाउँपालिका भरिका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लाग्न सुझाव दिएकी छन् । विद्यार्थीहरुले आफ्नो कर्तव्य, लक्ष्य र जिम्मेवारी तथा भविष्य विमुख नभएर निर्धारण गर्न अनुरोध गर्दै गाउँपालिकाको तर्फबाट शैक्षिक क्षेत्रको परिवर्तनका लागि सधैं तयार रहेको बताईन् । पालिका भित्रका सबै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफुहरु लागिरहेको भएपनि कार्यान्वयनमा सम्बन्धित पक्ष लचिलो नहुदाँ दुःख लाग्ने गरेको बताएकी छन् ।

No description available.

 सबै विद्यालयका भौतिक संरचना निर्माण भईसकेको र बाँकी रहेका विद्यालयका संरचनाहरु यो वर्षबाट निर्माण कार्य अघि बढ्ने बताईन् । कार्यक्रममा गौमुल गाउँपालिका ५ का वडा अध्यक्ष कलक बहादुर सिंहले आफु पदमा रहे पनि नरहे पनि विद्यालयको शैक्षिक गुणस्तर देखि अन्य क्रियाकलापमा आफु लागिरहेको र लागिरहने बताएका छन् । कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष प्रकाश रोकायाले शिक्षा क्षेत्रमा सरकारले धेरै लगानी गरिसकेका कारण अब शैक्षिक गुणस्तर प्रभावकारी बनाउने बेला आएको बताएका छन् ।

No description available.

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम् वडा नम्बर ४ का वडा अध्यक्ष अमर विकले समग्र विद्यालयको सर्वाङ्गीण विकास लागि सबै पक्षको सकरात्मक भूमिका आवश्यक रहेको बताएका छन् । जिल्लाका सबै क्षेत्रसंग विद्यालयको शैक्षिक गुणस्तर सुधार संगै अन्य क्रियाकलाप प्रभावकारी रुपमा सञ्चालन गर्न समन्वय गरिरहेको बताए । विद्यालयमा राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर सहयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खडक बहादुर शाहले विद्यालयको समग्र शैक्षिक स्थिति माथि उकास्न आफु दिनरात नभनी खटिरहेको बताएका छन् । 
कीर्तिचौर माविमा शैक्षिक बहस आयोजना 
गौमुल गाउँपालिका–४ कालादहमा रहेको कीर्तिचौर माध्यामिक विद्यालयमा शैक्षिक बहस कार्यक्रमको आयोजना गरिएको छ । गौमुल गाउँपालिकाको समन्वय र विद्यालयको आयोजना तथा रेडियो गौमुलको सहजीकरणमा शैक्षिक बहस कार्यक्रमको आयोजना गरेको हो । शैक्षिक क्षेत्रलाई सुधार गर्ने उद्देश्य सहीत आयोजना गरिएको बहसमा पछिल्लो समय शैक्षिक क्षेत्रको गुणस्तर सुधार हुदैं गएको प्रति सरोकारवाला निकायले खुसी व्यक्त गरेका छन् ।

 कुनै बेला विद्यालयलाई हेर्ने दृष्टिकोण भिन्नै भएपनि पछिल्लो एक वर्ष यता समग्र शैक्षिक क्षेत्र उकालो तिर लागेकोमा सहभागीहरुले विद्यालय प्रशासनलाई धन्यवाद दिएका छन् । जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरुसंग विद्यालयको शैक्षिक क्षेत्रका विषयमा दोहोरो संवाद गरिएको थियो । त्रिपक्षीय संवाद तथा अन्तरक्रिया कार्यक्रमले पछिल्लो समय कीर्तिचौर माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर सुधार भएको निष्कर्ष निकालेको छ ।

No description available.

विद्यार्थीको पहिलो पाठशाला घर भएकाले घरमा अभिभावकले बालबालिकाको अध्ययनमा ध्यान नदिएको पाईएको छ । विद्यालयको सुनौलो भविष्य कोर्न सबैले आफ–आफ्नो ठाउँबाट लाग्न कतिपयले सुझाव दिएका छन् । विद्यालयमा भौतिक संरचना सबै बनिसकेको र केही व्यवस्थान गर्नुपर्नेमा विद्यार्थी र शिक्षकहरुले माग राखेका छन् । विगत र वर्तमानलाई कोट्याउदाँ विद्यालयमा धेरै कुरा परिवर्तन आएको र अब स्थानीय सरकारले प्रविधिसंग जोड्ने गरी कार्यक्रम अघि सार्न शिक्षक घमण्ड बहादुर सिंहले माग गरेका छन् ।

 आफुहरु विद्यार्थीहरुको सुन्दर भविष्य निमार्ण लागिरहेको भएपनि अभिावकहरुको त्यसमा खासै चाँसो नरहेको शिक्षक भीम बहादुर बोहराले बताएका छन् । विगतमा विद्यालयको अवस्था निकै दयनीय देखिने गरेको भएपनि हाल धेरै सुधार भएको शिक्षक रण बहादुर रोकायाले बताउनुभएको छ । कतिपय विद्यार्थीहरु अनुशासन भन्दा बाहिर रहने गरेको गुनासो विद्यार्थी टेक बहादुर विकले गरेका हुन् ।

विद्यालयमा अतिरिक्त कक्षा सञ्चालनपछि आफुमा धेरै ज्ञान प्राप्त भएको विद्यार्थी स्माकर रोकायाले बताएका छन् ।  विद्यालय परिवार सबै क्षेत्रबाट माथि उठ्ने गरी प्रयत्नशील रहेको छ । शैक्षिक गुणस्तर देखि अन्य अतिरिक्त क्रियाकलपा सञ्चालन गर्ने गरी आफुहरुको तयारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम् वडा नम्बर ४ का वडा अध्यक्ष अमर विकको भनाई रहेको छ । 

विद्यालयको प्राङ्गगणमा आयोजित शैक्षिक बहस कार्यक्रमको सहजीरकण रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विकले गर्नुभएको थियो ।  कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कलक बहादुर सिंह, प्रकाश रोकाया, अमर विक, शिक्षा शाखाका प्रमुख राम नाथ लगायत विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक विद्यार्थीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया