गाैमुल खबर डटकम सोमबार ३०, असार २०८२ ००:५५

वर्षाको समयमा वडा तथा गाउँपालिकाबासी सचेत बनौं : वडा अध्यक्ष वि.क.

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार २९, २०८२
वर्षाको समयमा वडा तथा गाउँपालिकाबासी सचेत बनौं : वडा अध्यक्ष वि.क.

बाजुरा ःगौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर बहादुर विकले वर्षाको समयमा सचेत बन्न वडा तथा गाउँपालिकाबासीहरुमा अनुरोध गरेका छन् ।

वडा कार्यालयको केन्द्र निलासैनमा यसअघि बसेको विपद् व्यवस्थापन समितिको बैठकको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वडा अध्यक्ष विकले भने, ‘यस वर्षको मनसुन सुरु भईसकेको छ, औसत भन्दा बढी वर्षा हुने मौसमविदले प्रक्षेपण गरेकोले वडा तथा गाउँपालिकाबासीले सजग रहन आग्रह गरेका छन् ।

अविरल वर्षाका कारण देशका केही भू–भागमा अतिवृष्टिका कारण मानवीय तथा भौतिक क्षति भएका कारण हामीले समेत सचेत हुन जरुरी रहेको उनको भनाई रहेको छ ।

प्रकृतिलाई हामीले परास्त गर्नसक्ने अवस्था हुदैन त्यसैले सबैले सुरक्षित रहन सक्ने वातावरणको सिर्जना गर्न वडा सरकारले अपिल गरेको छ । वडाले एक सूचना जारी गर्दै वडा तथा सम्पूर्ण गौमुल गाउँपालिकाबासीहरुले संयम हुन भनिएको छ ।

वडा तथा पालिकामा त्यस्तो खालका अप्रिय घटना नहुन भन्ने अपेक्षाका साथ कथमकदाचित घटना घटेमा गौमुल गाउँपालिका, वडा कार्यालयमा तत्काल सम्पर्क गर्न नागरिकलाई सुचित समेत गरिएको छ ।

वडाले विभिन्न खालका निर्णय गर्दै वर्षाको समयमा सिंगो टिम जनताको समस्या केन्द्रीत हुने भएको छ । जनतालाई कुनै खालका समस्या आएमा तत्काल टिम टोल तथा बस्तीमा पुग्ने संयन्त्र समेत वडामा बनाईएको छ ।

गौमुल गाउँपालिका-४ वडा सरकार दैनिक जनता जनजीविकासंग जोडिरहेको छ । वडाले जनताका सवाल र समस्या पैरवी गरिरहेको छ ।

प्रतिक्रिया