बाजुरा : बडीमालिका नगरपालिका-७ ले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने ६ जनालाई सम्मान गरेको छ । वडास्तरीय उत्कृष्टता सम्मान-२०८२ अन्र्तगत वडाको सुशासनको पक्षमा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरेको हो ।
वडाको विभिन्न क्षेत्रमा उल्लेखनीय योगदा पु¥याएकाले प्रोत्साहनका लागि सम्मान गरिएको वडाध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । सम्मानित हुनेमा सरस्वति आधारभूत विद्यालय ढम्कनेका हिरालाल पाध्याय, शहरी स्वास्थ्य केन्द्र ढम्कनेका प्रमुख राजेश्वरी बुढा रहेका छन् ।
त्यस्तै स्थानीय पर्यटन प्रबद्र्धन तर्फ पत्रकार लक्ष्मीराज पाध्याय, गोविन्द राज तिमिल्सिना, वाईल बाजुरा संस्था, सरस्वती टोल विकास संस्थाका अध्यक्ष दिपेश कुमार तिमिल्सिनालाई पनि सम्मान गरिएको वडाध्यक्ष पाध्यायले बताएका छन् ।
उनीहरुलाई दोसल्लासहित कदरपत्रले सम्मान गरिएको हो । सम्मान कार्यक्रममा वडाध्यक्ष पाध्यायले सबैको सेवा र योगदानले वडा मात्र होइन्, सम्पूर्ण समाजको गौरव बढाएको बताए । आगामी दिनहरूमा अझ प्रेरणादायी कार्यहरू गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको उनले वडाध्यक्ष पाध्यायले बताएका छन् ।
प्रतिक्रिया