गाैमुल खबर डटकम मङ्गलबार २४, असार २०८२ १०:३१

नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार २४, २०८२
नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ खुवाएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए । शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।

प्रतिक्रिया