गाैमुल खबर डटकम मङ्गलबार २४, असार २०८२ ०७:२१

मार्तडी-कोल्टी सडकको रजातोलीमा काठेसाँघु निर्माण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार २३, २०८२
मार्तडी-कोल्टी सडकको रजातोलीमा काठेसाँघु निर्माण

बाजुरा ःमार्तडी-कोल्टी सडकको बीचमा पर्ने बडीमालिका नगरपालिका-७ स्थित रजातोली नदीमा काठेसाँघु निर्माण गरिएको छ । झोलुङ्गे पुल नहुँदा वर्षाको समयमा जोखिम मोलेर नदी वारपार गर्दै आएका थिए ।

जनश्रमदान र वडा सरकारको संयुक्त लगानीमा काठेसाँघु निर्माण गरिएको हो । ८ मिटर लामो काठेसाँघु तत्कालै निर्माण गरिएको छ ।

केही दिन अगाडी काँठेसाँघु नहुदाँ जोखिम मोलेर नागरिकहरु आउजाउ गर्ने गरेका भिडियोहरु विभिन्न सञ्चार माध्याम र सोसल मिडियामा आएपछि नगर सरकारसंगको समन्वयमा वडा सरकारले काँठेसाँघु निर्माण गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

जनप्रतिनिधिलाई मात्र दोष थुपारेर गाली गर्ने पछिल्लो प्रचलनलाई कामबाट नै जवाफ दिएको वडा अध्यक्ष पाध्यायको भनाई रहेको छ ।

आलोचना मात्र बढी गर्ने तर समालोचना शून्य गर्ने प्रवृत्ति प्रति उनले कटु समेत व्यक्त गरेका छन् । पछिल्लो समय समस्या मात्र देख्ने तर समाधान नदेख्ने प्रवृत्ति आम रुपमा हावी हुन् थालेको छ । 
 

प्रतिक्रिया