गाैमुल खबर डटकम मङ्गलबार १७, असार २०८२ १२:२१

डिभिजन वन कार्यालयद्धारा छेडेदहमा वृक्षारोपण, वन संरक्षणको विषयमा छलफल

गाैमुल खबर गाैमुल खबर
सोमबार, असार १६, २०८२
डिभिजन वन कार्यालयद्धारा छेडेदहमा वृक्षारोपण, वन संरक्षणको विषयमा छलफल

बाजुरा : डिभिजन वन कार्यालय बाजुराले खप्तड छेडेदह गाउँपालिकामा वृक्षारोपण गरेको छ । २० वर्षे सगरमाथा वृक्षारोपण महाअभियान सुरु भएको अवसरमा सन २०४५ सम्म कार्बन शुन्य गर्ने प्रतिवद्धता अनुरुप कार्यालय परिसरमा वृक्षारोपण गरिरएको हो । 

विद्यालय, गाउँपालिका भवन परिसर र पहिरो जोखिम क्षेत्रमा वृक्षारोपणका लागि बास, तेजपात, ओखर गरी एक सय वटा विरुवा वन कार्यालयबाट उपलब्ध गरिएको थियो । वन नियमन, संरक्षणसंगै समूह तथा स्थानीय सरकारको जिम्मेवारीका विषयमा गरिएको अन्तरक्रिया पश्च्यात सहभागिहरुले कार्यालय परिसरमा उक्त बोटविरुवा रोपेका हुन् ।

नेपालमा जलवायु परिवर्तनको सन्दर्भमा पहिले नै भएको वायुमण्डलीय परिवर्तनका कारण अनुकुलन तथा न्यूनीकरण कार्य गरेपनि केही न केही हानी तथा नोक्सानी व्यवहोर्नु पर्ने अवस्था रहेकोले विपद्संग जुध्नका लागि आवश्यक तयारी गर्न विरुवा वृक्षारोपण गर्न आवश्यक रहेको डिभिजन वन कार्यालयका  वरिष्ठ वन अधिकृत सन्तोष ढुगानाले बताएका छन् । 

कार्यक्रममा सहभागिहरुले वन संरक्षण गर्नु हामी सबैको दायित्व रहेकाले सामुादायिक वनमा वृक्षारोपण र जडिबुटी रोपणका लागि बजेट आवश्यक रहेको बताएका छन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिले समयमै कार्ययोजना निर्माण गरी नविकरण,  लेखा परिक्षण जस्ता कार्यलाई निरन्तरता दिन आवश्यक रहेको बताईएको छ । 

गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले सबै सामुदायिक वन उपभोक्ता समितिहरुले हालको अवस्थाको एकिन तथ्यांक पेश गर्ने र राष्टिय वनबाट संकलन हुने जडिबुटी तथा वन पैदावारको नियमन गर्न तथा राजश्वमा स्थानीय तहलाई कसरी जिम्मेवार र नीति निमार्ण गर्न सकिन्छ सो विषयमा आवश्यक समन्वय तथा वजेट विनियोजन  गरिएको तर वन क्षेत्रको दक्ष जनशक्ती  उपलब्ध नभएकाले सव डिभिजनमा अधिकृत स्तरको कर्मचारी आवश्यक रहेको बताएका छन् ।

डिभिजन वन कार्यालय बाजुराका वरिष्ठ वन अधिकृतसन्तोष ढुंगानाले खप्तड छेडेदह गाउँपालिकाको मुख्य आम्दानकिो श्रोत वन क्षेत्र हुनसक्ने, स्थानीय तहको राजश्य वृद्धि गर्न सामुदायिक संरक्षण गरी सम्वर्धन, व्यवस्थापन तथा सदुपयोग गर्नका लागि स्थानीय सरकार वन समूह, वन कार्यालयबीच समन्वय र सहकार्य अपरिहार्य बताउँदै डिभिजन वन कार्यालय आवश्यक प्राविधिक उपलब्ध गराउँन हरबखत तयार रहेको बताए । 

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सन्तोष ढुंगानाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिल बहादुर रावत रहेको थिए । भने विशिष्ट अतिथिमा वसुदेवी नाथ रहनुभएको थियो । 

त्यसैगरी नि. प्रमुख प्रशासकीय अधिकृत नन्द बहादुर रावत सबै वडाका वडाध्यक्षहरु अतिथिमा रहेका थिए । प्रत्येक वडाका एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, एवं प्रतिनिधी डोगडी सव डिभिजन वन कार्यालयका वन कर्मचारी लगायत ३० बढीको सहभागिता रहेको थियो ।  

 

प्रतिक्रिया