गाैमुल खबर डटकम मङ्गलबार १७, असार २०८२ ०७:१९

गौमुलले बनायो खडीगाड खोलामा गाडी गुड्ने काठेपुल

गाैमुल खबर गाैमुल खबर
सोमबार, असार १६, २०८२
गौमुलले बनायो खडीगाड खोलामा गाडी गुड्ने काठेपुल

बाजुरा : बडीमालिका नगरपालिकाकाे खडीगाड खोलामा गौमुल गाउँपालिकाले गाडी गुड्ने काठेपुल निर्माण गरेको छ । मार्तडी–घट्मुना सडक अन्र्तगत पर्ने खडीगाड खोलामा गौमुलले आफ्नै लगानीमा काठेपुल निर्माण गरी सञ्चालनमा ल्याएको हो । 

बर्खायाममा खोला बढ्ने र यातायातका साधनहरुलाई आवतजावतमा समस्या हुने भएकाले काठेपुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । 

पुल नहुँदा बर्खामा पानी मै जोखिम मोलेर गाडी चलाउँनु पर्ने बाध्यता रहँदै आएकोमा अब त्यो समस्या हटेको जिप चालकहरुले बताएका छन् ।

बार्खा भरी गौमुल गाउँपालिका सम्मको यातायात सुविधा अवरोध हुन नदिन पुल निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका बताएका छन् ।

कोठेपुल निर्माणले दिर्घकालीन समस्या समाधान नभएपनि अस्थायी रुपमा यातायात सुचारु गर्न भने सहज भएको छ । पुलबाट जिपसहित टिपर समेत तर्न सक्ने छन् । 

प्रतिक्रिया