गाैमुल खबर डटकम सोमबार ०२, भदौ २०८२ ११:२३

गौमुलमा पूर्वतयारीका लागि बस्यो विपद् व्यवस्थापन समितिको बैठक

गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार १२, २०८२
गौमुलमा पूर्वतयारीका लागि बस्यो विपद् व्यवस्थापन समितिको बैठक

बाजुरा : गौमुल गाउँपालिकामा विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । विपद् पूर्वतयारीका लागि बैठक बसेको हो ।  
गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले वर्षादमा घट्न सक्ने विभिन्न किसिमका घटनाहरु कम गर्न नागरिक सामु विपद् सम्पर्क व्यक्ति मार्फत सजकता अपनाउँनुको साथै विपद् सामाग्री, औषधी, खाद्यान्न आवश्यकता अनुसार तत्काल व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले बाढीपहिरो भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने विभिन्न किसिमका घटनाहरु घट्नु पूर्व वा थप घटना घट्न नदिन आफै खट्ने, सम्बन्धित निकायलाई खबर गर्न र छिमेकीलाई सक्रिय बनाउँन ६ वटै वडामा तोकिएका विपद् सम्पर्क व्यक्तिहरुलाई तयारी अवस्थामा बस्न निर्देशित गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले वर्षादमा खाद्यान्न अभाव हुन नदिन गौमुल गाउँपालिकामा रहेका सबै पसलहरुमा सञ्चित खाद्यान्नको विवरण माग गरी सोही विवरणको आधारमा सबै पसललाई खाद्यान्न सञ्चित गरेर राख्न खबर गर्ने निर्णय गरिएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । 

अध्यक्ष रोकायाले वडामा भएका विपद् सामाग्रीहरु तयारी अवस्थामा राख्न अनुरोध गर्दै अभाव सामाग्रीको विवरण छिटो पालिकालाई बुझाउँन वडाध्यक्षहरुलाई आग्रह गरेका छन् । मनसुन सुरु भईसकेकाले बाढीपहिरोको उच्च जोखिम भएका, खोला तथा नदी आसपास क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न र सर्तकता अपनाउँन उनले आग्रह गरे । 

गाउँपालिका अध्यक्ष रोकायाकै अध्यक्षतामा सञ्चालन भएको बैठकमा उपाध्यक्ष सीता थापा, प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट, वडा नं.५ का वडाध्यक्ष कलक सिंह, वडा नं.१ का देव रोकाया, २ का देबेन्द्र रोकाया, ३ का गोरख बहादुर बोहरा, ४ का अमर विक, ६ का वडाध्यक्ष प्रकाश बहादुर रोकाया, कार्यपालिका सदस्य, पालिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया