गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४०
Dho

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी गृह जिल्ला भ्रमणमा

pramit bk pramit bk
शनिबार, फागुन १४, २०७८
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी गृह जिल्ला भ्रमणमा

बाजुरा : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी यतिबेला गृह जिल्ला बाजुरा पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर विहान मात्रै बाजुरा पुगेका जोशीलाई बुढीगंगा नगरपालिकाका विभिन्न स्थानमा भव्य स्वागत गरिएको छ । 

बाजुरा जिल्लाले प्राप्त गरेको हालसम्मकै सरकारी ओहोदाको उपल्लो राजकीय पद भएकोले जिल्ला बासी खुसी छन् । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया अनि साक्षात्कार सहीतको भ्रमण लिएर प्रमुख जोशी बाजुरा आएका हुन् । 

जोशीलाई विहान इकडीगाट देखि नै स्वागत गर्ने र बधाइ दिने लर्को देखिएको थियो । नेपाली काँग्रेसबाट २०४८ सालको आम निर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचन जितेका जोशी निष्ठा र इमानको राजनीतिक छवी बनाएका थिए । 

May be an image of 15 people, people standing and outdoorsगठनबन्धको नेतृत्वको सरकारले जोशीलाई प्रदेश प्रमुख बनाएको थियो । प्रदेश प्रमुख भएलगत्तै गृह जिल्ला आउने रहर भएर पनि समय व्यवस्थापन गर्न सक्दा ढिलाई भएको स्थानीयसँगको साक्षात्कार कार्यक्रममा जोशीले भन्नु भएको छ ।

विद्यालय, संघ संस्था, जिल्ला बासीहरुको लस्कर नै स्वागतका लागि देखिएको छ । काँग्रेस बाजुराको नेतृत्वमा राम्रो प्रभाव राख्ने जोशीको स्वागतका लागि नेपाली काँग्रेस बाजुराका नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ । बाजागाजा सहीत स्वागत गरिएको छ । 

प्रदेश प्रमुखको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहीत सुरक्षा निकायका प्रमुखहरु पनि सहभागि छन् । प्रदेश प्रमुखको भूमिका निर्वाह गर्ने क्रममा सबैलाई समान नजरले व्यवाहार गर्ने र जिल्लाको विकासमा सक्दो पहल गर्ने कार्यक्रममा जोशीले भन्नु भयो छ ।

प्रदेश प्रमुख जोशी केही दिन अझै बाजुरामा रहने बुझीएको छ । गृह नगर बुढीगंगामा बस्ने, मार्तडी सहीतका क्षेत्रमा भेटघाट तथा साक्षात्कार गर्ने र कोल्टी सम्म पुग्ने भ्रमण तालिका बनाइएको निजी सचिवायले बताएको छ ।

प्रतिक्रिया