बाजुरा : बाजुरामा आधुनिक प्रविधिसंग जोड्नका लागि पत्रकार क्षमता अभविृद्धि तालिम सञ्चालन गरिएको छ । बडीमालिका नगरपालिका र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको संयुक्त आयोजनामा पाँचदिने मोबाइल पत्रकारिता (मोजो) तालिम सञ्चालन गरिएको हो ।
पत्रकारलाई डिजिटल युग अनुकूल न्यू मिडिया र प्रविधिमैत्री सीपमा दक्ष बनाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् ।
पुरानो शैलीको पत्रकारितालाई प्रविधि–सघन अभ्यासतर्फ डार्याउनसंगै समाचार लेखन, भिडियो सम्पादन र फोटो सम्पादन मोबाइल पत्रकारिताले सरल, छरितो र प्रभावकारी समाचार उत्पादन सम्भव रहेकाले तालिम सञ्चालन गरिएको उनले बताए ।
तालिममा बाजुरा जिल्लाका विभिन्न मिडियामा कार्यरत ३५ भन्दा बढी पत्रकार सहभागी रहेका छन् । तालिमका प्रशिक्षक भीषण राई रहेका छन् । उद्घाटन समारोहमा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्का प्रमुख अतिथि थिए । उनले तालिम पत्रकारको क्षमता विकास र गुणस्तरीय पत्रकारिता प्रवद्र्धनमा टेवा पुर्याउँने विश्वास व्यक्त गरेका छन् ।
बडीमालिकाको सभा हलमा आयोजित कार्यक्रममा बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत पदम माझी लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रममा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, सचिव धमराज साउँद, महासंघ बाजुरा शाखाका पूर्वअध्यक्षहरू छक्क मल्ल, प्रकाश सिंह, दयाराम पण्डित, प्रेस चौतारीका केन्द्रीय सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओलील गायतको समेत उपस्थिति थियो ।
कार्यक्रमको स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ बाजुराका सहसचिव जनक बोहराले राखेका थिए । भने कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौलेले गरेका थिए । तालिममा सहभागी पत्रकारहरूले नयाँ प्रविधिमैत्री सीप सिक्ने अवसर प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया