बाजुरा : नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले नेकपा एमाले जनताको मुद्दाबाट टाढा रहन नसक्ने बताएका छन् । थापाले जनस्तरमा पार्टी प्रतिको विश्वास बढेको बढ्नुको साथै जनताका मुद्दा र जनजीवीकाका सवालमा जोडिएको पार्टी नै एमाले हो, भन्नेमा जनताको बुझाइ प्रष्ट देखियो, अब विश्वासलाई कामले भरोसामा परिणत गर्नु पर्ने धारणा राखेका छन् ।
सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाको संगठनको अवस्था बारे जानकारी लिएर फर्किएका थापाले पत्रकार सम्मेलन मार्फत स्थगलत अध्ययन पछिको अवस्था बारे जानकारी गराएका हुन् ।
प्रेस चौतारी नेपाल बाजुराले मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले हल्ला गरिएजस्तो कुनै जिल्लाको पार्टी कमिटीमा विवाद नदेखिएको प्रष्ट पारेका छन् । पार्टी केन्द्रीय सगठन विभागले थापालाई सुदूरपश्चिमका कैलाली र कंचनपुर बाहेक बैतडी, दार्चुला, डडेल्धुरा, बाजुरा, बझाग, अछाम र डोटी जिल्लाको स्थलगत अनुगमनका लागि खटाएको थियो ।
दुई महिना भित्र स्थलगत रिपोट बुझाउने कार्यतालिका सहीत जिल्ला पुगेका थापाले बाजुरा बाहेक सबैजिल्लाको अवस्था बारे जानकारी लिइसकेको जानकारी गराएका छन् । पार्टीले २१ बुँदे प्रश्नावली सहीतको जिम्मेवारी सहीत थापालाई पहाडका ७ वटा जिल्ला लीला भण्डारीलाई कैलाली र कंचनपुरको जिम्मेवारी दिएको थियो । भण्डारीले भने स्थलगत अध्ययनको काम थालिसक्नु भएको छैन् ।
पार्टी संगठनलाई थप सुदृढ र सशक्त बनाउन आन्तरिक गृहकार्य सहीतको जिम्मेवारी दिएर जिल्ला पुगेका थापाले पार्टी संगठनका गतिविधि बारे सूक्ष्म निगरानीसहित आन्तरिक रणनीति सहीतको प्रतिवेदन केन्द्र र प्रदेशको संगठन विभागलाई बुझाउने र सम्बन्धीत जिल्लालाई समेत बोदार्ध दिने बताएका छन् ।
केन्द्रीय संगठन विभागको वैशाख १४ गते बसेको २२ औँ बैठकको निर्णय अनुसार नै उनीहरूलाई जिम्मेवारी सहित जिल्लामा पठाएको हो । थापाको साथमा डोटी र अछाम बाहेक सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द्रपनि सँगै थिए ।
पार्टीगत क्रियाकलाप, जनसमस्या, स्थानीय तहमा देखिएका कमजोरी, जनसङ्गठन र संगठन सुदृढिकरणको अवस्था विगतभन्दा धेरै सुधार र सक्षम तरिकाले अघि बढेको बताएका छन् । सुदूरपश्चिममा भीम रावललाई कारवाही पछि बेहालको अवस्था आयो र अवस्था बुझ्न तपाईलाई पठायो भन्ने कुरा के हो ? भन्ने पत्रकारको प्रश्नमा थापाले त्यो बेला मान्छे ढुलमुल भयोहोला, केही असर देखियो होला ? तर अहिलेको अवस्थामा झन बलियो र एकतावद्ध देखिएको बताएका छन् ।
“एमालेको केन्द्रदेखि तल्लो तहसम्म संगठन बलियो बनाउनुको साथै जनतासँग जोडिने कार्यलाई प्राथमिकतामा राखिएको छ,” उनले भने, “जनताको मुद्दाबाट पार्टी पछि हट्दैन ।” उनले सुदूरपश्चिमका जिल्लामा पार्टीप्रति जनताको भरोसा अझ बलियो बनेको समेत दाबी गरे । थापाले लोकतन्त्र, संघियतालाई मुल एजेण्डा बनाएर एमालेले जनताको पक्षमा काम गर्ने र विश्वास जित्ने बेला आएको बताएका छन् ।
आश र विश्वास एमाले प्रति नै देखिन्छ, त्यसैमा अब झन सुधार केन्द्रीत अभियानमा सिंगो पार्टी केन्द्रीत हुने बताएका छन् । उनले पार्टी सचिवालय बैठक, संगठन विभागको बैठक, उपलब्धि जिल्ला पदाधिकारी, केन्द्रीय कमिटी सदस्य र अन्य नेता कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकतामा राखेको बताए ।
संगठन विभागको निर्देशन अनुसार पार्टी कमिटीको संरचना, पार्टी बैठकको निरन्तरता, निर्णय लेखन, उपस्थिति, सदस्यता वितरण र नवीकरण, पार्टी नेता बीचको आपसी सहकार्य, सम्पर्क र सम्बन्ध बारे मसिनो छानबिनको जिम्मेवारी दिएको थियो ।
निर्णय लेखन बारे जानकारी लिन पनि मान्छे खटाउनु पर्ने अवस्था किन आयो, भन्ने पत्रकारको प्रश्नमा थापाले काम उही हो, तर सफल हुनका लागि फरक शैली र तरिकाले सम्पन्न गर्नु पर्छ, भने जस्तै पार्टी एउटै हुन्, एमाले फरक हुनु पर्छ भनेर नै एमाले यसमा केन्द्रीत भएको बताएका छन् । जिल्लाको इन्चार्जको जिम्मेवारी भएपनि थापालाई पार्टी केन्द्रले नै संगठन विभागका तर्फबाट ७ वटै जिल्लाको अवस्था अध्ययन गर्न पठाइएको हो । पार्टी सीमित व्यक्ति र शैलीबाट मात्रै चल्यो, भन्ने गुनासो छ ।
नियमित बैठकमै नआउनेहरू नै बढी असन्तुष्ट जस्तो पार्टीको विरुद्धमा देखिने अवस्था आयो, नयाँ पुस्ता र अनुसारलाई पार्टी कमिटीमा जोड्न के कसरी सकिन्छ, पार्टी नेताको भूमिका के रहनु पर्छ, सबै प्रकारको अध्ययन गरिएको छ, अरु जिल्ला र प्रदेशबाट पनि आउँला त्यही कार्यान्वयनमा लैजाने गरि प्रतिवेदन दिने बताएका छन् ।
एमाले सुदूरपश्चिममा पछिल्लो समय आन्तरिक गुट मौलाएको, पार्टी कमिटी चेनअफ कमाण्ड नभएको र कार्यकर्तामा संगठनात्मक अराजकता बढेको, केन्द्रीय कमिटीकै नेताहरू कामकाजी नभएको आरोप लाग्न थालेको छ । भीम रावलको निष्कासन, पार्टी भित्रको आन्तरिक गुटबन्दी जस्ता समस्याले कार्यकर्ता स्तरमा निराशा बढेको देखिन्छ ।
त्यो निराशाको कारण, पार्टी संगठन सुधारको विकल्प बारे पनि सूक्ष्म अध्ययन टोलीले गरेको देखिन्छ । पार्टी भित्रको दुई लाइन संघर्ष बारे केपी ओलीको विकल्प ओली नै भएको भन्दै आएका थापाले भीम रावल सुदूरपश्चिमका लागि कुनै बेला थिए, अब ठूलो प्रभाव र समस्या होइनन्, भन्ने संकेत गरे ।
सम्मेलनमा थापाले अब कुरा बढी काम कम गर्ने, नेता वरिपरि घुम्ने, काठमाडौं बस्ने, फिल्डमा नआउने र अवसरसँग मात्रै जोडिने नेताहरूको विवरण नै केन्द्रमा पठाउने गरि प्रतिवेदन तयार पोर्न बताएका छन् । २०७९ को चुनावमा एमाले सुदूरपश्चिम प्रदेश सभामा माओवादी पछि छ । १६ वटा संघिय निर्वाचनमा २ सिटमा चित्त बुझाएको अवस्था छ । तर थापाले पत्रकार सम्मेलनमा दाबी गरे अनुसार सुदूरपश्चिममा पार्टी संगठन बलियो र शसक्त बन्दै गएको देखिन्छ ।
पार्टीको संगठनात्मक कामलाई थप सुदृढ पार्न कार्यकारी भूमिकामा रहेका कमिटीहरूले विशेष योजना बनाई अनुगमनको कामलाई अघि बढाउन आवश्यक देखिएकोले टिम खटाइएको हो । सुदूरपश्चिममा ५२ हजार बढी संगठीत सदस्य छन् । तीनको नवकिरणको अवस्था र नयाँ सदस्य थप्ने रणनीति बारे पनि जिल्ला तहमा छलफल गइरहेकै छ ।
प्रतिक्रिया