गाैमुल खबर डटकम बुधबार ०४, असार २०८२ ०४:१८

दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार ०३, २०८२
दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

दार्चुलाः दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवान दिपेन्द्र पालको मृत्यु भएको छ। दार्चुलाको निसिलस्थित थागिल भन्ने स्थानमा मङ्गलवार ढुङ्गा लागेर उनको मृत्यु भएको हो।

केही दिनअघि मात्र बिदामा घर आएका पाल खर काट्ने क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए। स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु–याए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। उनी काठमाडौँ दरबन्दी भए पनि बैतडीमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया