गाैमुल खबर डटकम आइतबार ०१, असार २०८२ ०५:२४

“यौन तथा प्रजनन् स्वास्थ्यमा भएका नवीनतम कार्यक्रमको अनुभव आदान प्रदान”

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ ३१, २०८२
“यौन तथा प्रजनन् स्वास्थ्यमा भएका नवीनतम कार्यक्रमको अनुभव आदान प्रदान”

बाजुरा ः जिल्लाका चार वटा गाउँ तथा नगरपालिकाले यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक क्षेत्रमा गरेका नवीनतम कार्यक्रम र क्रियाकलपको अनुभव आदान प्रदान सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ ।

बडीमालिका नगरपालिकाको आयोजना, नर्वेजियन दूतावास र यूएनएफपीएको सहयोग र पीसविनद्धारा सञ्चालित यौन तथा प्रजनन् स्वास्थ्य अधिकार परियोजना मार्फत अन्तर पालिका स्तरमा गरिएका असल अभ्यास र अनुभव आदान प्रदान गरिएको छन् ।

कार्यक्रममा सन् २०२३ देखि हालसम्म सम्पादन गरेका क्रियाकलाप र उपलब्धी युएनएफपीए बाजुराका कार्यक्रम संयोजक देवेन्द्र शाहले सार्वजनिक गरेका हुन् । जिल्लाको बडीमालिका, बुढीनन्दा, बुढीगंगा नगरपालिका र गौमुल गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा गरिएका असल अभ्यास र गरिएका गतिविधिहरु प्रत्येक स्वास्थ्य शाखा प्रमुखले कार्यक्रममा बताएका थिए ।

परियोजनाले स्वास्थ्य क्षेत्रमा पालिकामा लगानी गरिएका क्रियाकलाप प्रति स्थानीय सरकारका प्रमुखहरुले प्रसंशा सहित थप सहयोगको अपेक्षा समेत कार्यक्रममा गरेका हुन् ।

स्वास्थ्य क्षेत्रमा सुशासन र व्यवस्थापन, क्षमता विकास र समुदाय सहभागीता स्वास्थ्य क्षेत्रको सुदृढीकरणको प्रमुख आधार भएकाले आगामी दिनका नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्न पालिका प्रतिवद्ध रहेको उपस्थित जनप्रतिनिधिहरुले बताएका छन् ।

बुढीगंगा, बडिमालिका र बुढीनन्दा नगरपालिकाबाट क्रमशः उप-प्रमुख माया खड्का कुँवर, नन्दा थापा, राम बहादुर बोहरा र गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा सहित शाखा प्रमुखहरु संगै बडीमालिका र बुढीनन्दा नगरपालिकाका नगर प्रमुखहरु अमर खड्का र जनक कुमार बोहराको सहभागीता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।

बडीमालिका नगरपालिका कार्यपालिका बैठक हलमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन कृष्ण खड्काले गरेका हुन् । कार्यक्रममा सम्बन्धित सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया