गाैमुल खबर डटकम शनिबार ३१, जेठ २०८२ ०५:२३

बाजुरा अस्पतालमा जटिल अवस्थाकी गर्भवतीको शल्यक्रियाबाट प्रसुति

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ३०, २०८२
बाजुरा अस्पतालमा जटिल अवस्थाकी गर्भवतीको शल्यक्रियाबाट प्रसुति

बाजुरा : जिल्ला अस्पताल बाजुरामा जटिल प्रकृति गर्भवती महिलाको शल्यक्रिया मार्फत् प्रसुती सेवा सफल गरेको छ । अस्पताल बाजुराले धेरै जटिल गर्भवती आमाको ज्यान बचाउने गरेको छ । अस्पताल बाजुराले जटिल प्रकृतिको गर्भवती महिलाको चिकित्सकले सल्यक्रिया सफल गरेका छन्। 

स्वामीकात्तिक खापर गाउँपालिका-१ बस्ने २३ वर्षीया बुट्टा विकको एउटा पेटमै मरेको र अर्को बच्चा जिवित रहेको जोखिम अवस्थामा अस्पताल बाजुरामा ल्याएका थिए। प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ डा. सुनिल कुमार शाहका अनुसार पेटमा रहेका दुबै बच्चा उल्टो अवस्थामा रहेका थिए । नालसाल उतै गाउँकै स्वास्थ्य संस्थामा पहिला नै आइसकेको उनले बताए। 

मरेको बच्चाको वायाँ खुट्टा वाहिर आएको थियो । डाक्टर सुनिल कुमार शाहको नेतृत्वको स्वास्थ्यकर्मीको टोलिले सुत्केरी गराउन सफल भएको छ । मरेको बच्चालाइ पहिला झिकेर फाल्यौ, पछि जिवित बच्चालाइ शल्यक्रियाबाट आमा र बच्चा बचाउन सफल भएको डाक्टर शाहले बताएका छन् ।

श्रीमतिको अवस्था निकै जटिल भएपछि हेलिकप्टर व्यवस्थाका लागि बुट्टाका श्रीमान् किरिन्द्र विकले विभिन्न निकायमा गुहारेका थिए । तर कतै बाट हवाइउद्धार नहुने भएपछि जिल्ला अस्पताल बाजुरा ल्याएका थिए। 'श्रीमति बचाउने आशा मरिसकेको थियो, तर अस्पतालमा पुगाइसकेपछि आमा र एउटा बच्चा बचाइदिनुभएको छ,' किरिन्द्रले भने।

 यस्तो जटिल केसमा एनआइसियु आवश्यक रहने चिकित्सक बताउँछन्। 'आकस्मिक हवाइ उद्धार तत्काल सहज नै थिएन्, जोखिम परिस्थितीमा एउटा बच्चा र आमा बचाउन सफल भयौं,' अस्पताल बाजुराका कार्यालय प्रमुख डा. चन्दशेखर यादवले भने,  'आइसीयु, एनआइसियु नभएको अस्पतालमा यस्तो केस बचाउन निकै गाह्रो हुन्छ।' अन्यत्र लैजाँदासम्म आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएकाले अस्पतालमै भएको जनशक्क्ति तथा उपकरणले आमा र बच्चाको ज्यान बचाउन सफल भएको डा यादवले बताए। 

जिल्ला अस्पताल बाजुरामा आकस्मीक प्रसुती सेवा सँगै विशेषज्ञ सेवा सञ्चालनमा रहेको छ । यो आर्थिक बर्षमा मात्र अस्पतामा ४९ जना जटिल प्रसुति आमालाइ शल्यक्रिया मार्फत् सुत्केरी गराएको अस्पतालले जनाएको छ। जोखिम परिस्थितिका बिचमा पनि धेरै जोखिममा आमा र बच्चाको ज्यान बचाउने गरेको अस्पतालका प्रमुख डा. यादवले वताएका छन् । अस्पताल बाजुरामा ६ जना मेडिकल अधिकृत र २ जना बिशेषज्ञ चिकित्सक सहित ८ जना चिकित्सक रहेका छन्। 

दुर्गम जिल्लाका अस्पतालमै चिकित्सक छैनन् । भएका पनि नियमित बस्दैनन् र सेवा निरन्तर सुचारु हुने अवस्था छैन। तर जिल्ला अस्पताल बाजुरामा विगत केही समयदेखि बिशषेज्ञ सेवा सञ्चालन पछि स्थानीय खुसी भएका छन्। सेवा सञ्चालन नहुँदा आर्थिक अवस्थाका कमजोर भएका अति गरिब, विपन्न तथा दलित समुदायलाई नै बढी समस्या थियो ।

'उपचार सेवाका लागि सुविधासम्पन्न अस्पतालमा जाने आर्थिक हैसियत छैन्, आफ्नै जिल्लामा उपचारका लागि योग्य चिकित्सक र सुविधाजनक उपचार सेवा पाईदैन् । रोग पाली बस्नु पर्ने र समस्या आउँदा पनि जोखिम मोलेर जीवन बाजि थाप्नु पर्ने बाहेक अर्को विकल्प थिएन, अहिले भने निकै सहज भएको  छ,' स्थानिय सन्तोष बिक  भन्छन्। 
जिल्ला अस्पताल बाजुराका प्रमुख डा. चन्द्रशेखर यादवले आमाको ज्यान बचाएपनी बच्चा मरेको धेरै घटना भएको बताए । ‘यस्तो घटना दुर्गम जिल्लामा धेरै भैरहेका छन् , यस्ता घटनाको निमुल पार्न नेपाल सरकारले हवाइ सेवा लागुगरे पनि भनेजस्तो सजिलो छैन् उनले भने ।

प्रतिक्रिया