काठमाडौं । यो वर्षको मनसुन प्रणाली नेपालको पूर्वी भागबाट क्रमशः पश्चिमतर्फ सर्दै आएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन पूर्वी भागबाट पश्चिम भागमा सर्दै आउँदा बिहीबार साँझ ५ बजेसम्म लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरिसकेको छ ।
‘यो वर्षको मनसुन प्रणाली आज २९ जेठका दिन कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।
नेपालमा यो वर्षको मनसुन आगमन गत १५ जेठबाट कोशी प्रदेशबाट भएको थियो । विभागका अनुसार नेपालको बाँकी भूभागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया