गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०७:३७

चट्याङबाट मकवानपुरमा युवकको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ २९, २०८२
चट्याङबाट मकवानपुरमा युवकको मृत्यु

काठमाडौं : हावाहुरीसँगै परेको चट्याङले बुधबार बेलुका एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका–९, किटभञ्ज्याङमा २२ वर्षीय कान्छा गोलेको मृत्यु भएको हो ।

घरको आँगनमा बसिरहेको अवस्थामा चट्याङ परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कायालय मकवानपुरले जनाएको छ । दुर्गम क्षेत्रमा घटना भएका कारण थप कुरा बुझ्न प्रहरी टोली आज बिहान त्यसतर्फ लागेको छ ।

चट्याङ परेर मकवानपुरमा चालु आर्थक वर्षको ११ महिनामा चार जनाको मृत्यु हुनुको साथै नौ जना घाइते भएका छन ।

प्रतिक्रिया