गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०७:०५

आत्मनिर्भरका लागि साबुन, हर्पिक र फिनेल तालिम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २८, २०८२
आत्मनिर्भरका लागि साबुन, हर्पिक र फिनेल तालिम

बाजुरा ः सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर बडीमालिका नगरपालिकाले साबुन, हर्पिक र फिनेल बनाउने प्रयोगात्मक सीपमूलक तालिम दिएको छ ।

स्थानीय समुदायमा बेरोजगारी भई बसिरहेको अवस्थामा उनीहरुमा  सीप विकास गरी आय आर्जनमा व्यवस्थापन गर्नको लागि साबुन, हर्पिक फिनेल बनाउने  तालिम सम्पन्न गरिएको छ ।

सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर नगरले महिलाहरुलाई सात दिने प्राविधिक सीप विकास तालिम प्रदान गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

बेरोजगार महिलाहरुलाई सीप क्षमता विकास गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको प्रमुख प्रशासकीय अधिकृत पदम माझीले बताएका छन् ।

नगरपालिका भित्रका महिलाहरुले तालिममा साबुन, फिनेल र हर्पिक बनाउने सीप सिकेका सिकेको उद्यम विकास शाखा प्रमुख रञ्जिता शाहीले बताएकी छन् ।

तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई पालिकाले सहयोग गर्दै आएको छ । विशेष गरी महिलाहरूको समय खेर गइरहेको  र  फुर्सदको समय पनि सदुपयोग हुने भएकोले तालिम प्रभावकारी भएको छ ।

यस्तो अवस्थामा प्राकृतिक साबुन घरायसी प्रयोग र उद्यमको रूपमा धेरै उत्पादन गर्न सके बजारीकरण गरी राम्रो आम्दानी गर्न सकिने भएको छ । यी सामग्री पनि गाउँघरमै उत्पादन गरेर आम्दानी गर्न सकिने सोचले तालिम आयोजना गरिएको नगर प्रमुख अमर खड्काको भनाई रहेको छ ।

‘त्यसो त नेपालीलाई लाग्ने ८० प्रतिशत भन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । सरसफाइमा पर्ने महत्त्वपूर्ण शौचालय पनि हो ।

प्रतिक्रिया