गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०७:४२

बडीमालिकामा महिलालाई आत्मनिर्भर बनाउन अचार तालिम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २८, २०८२
बडीमालिकामा महिलालाई आत्मनिर्भर बनाउन अचार तालिम

बाजुरा ः बडीमालिका नगरपालिकामा १० दिने अचार तथा गुन्द्रुक, मस्यौरा बनाउने सम्बन्धी तालिम सञ्चालन गरिएको छ । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको हो ।

महिलालाई तालिम प्रदान गरेर स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ अचार बनाउने तालिम सञ्चालन गरिएको नगरप्रमुख अमर खड्काले बताएका छन् ।

मासु, बयर, माछा, गाजर, लसुन, अदुवा, आँप,लप्सी लगायतका २२ प्रकारका स्थानीय स्तरमा उत्पादन हुने तथा पाईने वस्तुबाट अचार बनाउनका लागि तालिममा सीप प्रदान गरिने नगर उप-प्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

अन्य वस्तुहरु स्थानीयस्तरमा स्थानीयले आफै उत्पादन गर्ने तथा कच्चापदार्थ प्रशस्तै पाइने भएको हुँदा खाली समयको उपयोग गर्दै महिलाले अचार बनाउन सकुन् र घरमै बसेर आय आर्जनको माध्यमबाट आर्थिक रुपले पनि आत्मनिर्भर बन्न सक्ने भएका छन् ।

जिल्लाका बडीमालिका, गौमुल र खप्तड छेडेदहका महिलाहरुलाई तालिममा सहभागी गराईएको उद्यम विकास शाखाका प्रमुख रञ्जिता शाहीले बताएकी छन् ।

घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोग र बडीमालिका नगरपालिका उद्यम विकास शाखाको आयोजनामा तालिम सञ्चालन गरिएको छ ।

तालिममा विपन्न वर्ग, पिछडिएको समुदाय, दलित र बेसहारा महिलालाई प्राथमिकतामा राखिएको छ । महिलाले तालिममा सिकेका सीपबाट घरमै बसेर खाली समयको उपयोग गर्दै आफै उत्पादन गरेका स्थानीय वस्तुबाट अचार बनाइ विक्री वितरण गरेर आफ्नो आयस्रोत बढाउने र आफ्नो खुट्टामा आफै उभिने आफूले नगरको रहेको छ ।

तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उहाँहरु उद्यमी बन्ने आफूले अपेक्षा लिएको शान्ता अचारका प्रोपराईटर तथा मुख्य प्रशिक्षक शान्ता चौधरीले बताएकी छन् ।

उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि आफूले भूमिका खेल्ने र गुणस्तरीय उचार उत्पादन गरेका स्थानीयको अचार विक्री वितरणमा आफूहरुले सहयोग गर्ने बताएकी छन् । महिलाले तालिमपछि तयार पारेका अचार परीक्षण गराई ब्रान्डिङ गरिने भएको छ । 
 

प्रतिक्रिया