गाैमुल खबर डटकम बिहीबार २९, जेठ २०८२ ०३:२७

गोलभेँडाको मूल्य बढ्यो

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ २७, २०८२
गोलभेँडाको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार गोलभेँडाको मूल्य बढेको देखाएको हो । कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेको छ ।

सोमबार प्रतिकिलो ८५ रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा आज १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै लोकल गालभेँडाको मूल्य पनि प्रतिकिलो १३ रुपैयाँले बढेको छ । आज लोकल गोलभेँडा प्रतिकिलो ७८ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार भने लोकल गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।

टनेलको सानो गोलभेँडाको मूल्य आज प्रतिकिलो ८ रुपैयाँले बढेर ८८ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै भारतीय ठूलो गोलभेँडा आज प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया