गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ १०:३२

आज मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ २२, २०८२
आज मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

बाजुरा ः हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायतका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशीका केही स्थानमा, मधेश र बागमती लगायत बाँकी पहाडी भू-भागमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखा अनुसार उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै, राति कोशी र मधेशलगायत बागमती र गण्डकीका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशीका थोरै स्थानमा तथा मधेशलगायत बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च(पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया