बुटवल : बुटवलमा पूर्वश्रीमानले नाबालक दुई छोरा र पूर्वश्रीमतीको हत्या गरेका छन् । बुधबार बिहान चार बजे बुटवल उपमहानगरपालिकाको होराइजन चोकस्थित मिलिजुली पथमा बस्दै आएका ३४ वर्षीया दिपा बस्याल र उनका दुई छोराको पूर्वश्रीमान सुजन कोइरालाले घरेलु हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।
छोराहरू चार र सात वर्षका थिए । आफ्नै घरमा बोलाएर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ । उनीहरूबीच सम्बन्धविच्छेद भएपछि श्रीमानले अर्को विवाह गरेका थिए । हत्या गर्ने कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोइराला आफ्नै दाजुलाई हत्या गरेर कारागार बसी केही वर्ष अघि मात्र संविधान दिवसको अवसरमा आम माफी पाएर छुटेका हुन्।
प्रतिक्रिया