गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०७:२६

बाजुरामा जिप दुर्घटना : २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ १३, २०८२
बाजुरामा जिप दुर्घटना : २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो

बाजुरा : जगन्नाथ गाउँपालिका २ काडाँकोटमा नेपाल टेलिकमको जिप दुर्घटनामा परी गम्भरु घाइते भएका २ जनालाई हेलिकप्टरमार्फत नेपागञ्ज लगिएको छ । नेपाल टेलिकमको टावर मर्मतका लागि गएको बा ५ च २२०९ नम्बरको जिप मंगलबार विहान ९ः३० बजे काडाँकोटमा दुर्घटना भएको  थियो । 

दुर्घटनामा परी बुढीनन्दा नगरपालिका २ कोल्टीका २५ वर्षीया नन्दराम तिरुवा र २२ वर्षीया लोकेन्द्र तिरुवा घाइते भएको थिए । उनीहरुलाई उपचारका लागि एम्बुलेन्स मार्फत कोल्टी अस्पतालमा ल्याएको थियो । कोल्टी अस्पताल बाजुराको समन्वय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेकाे पहलमा थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो । 

कोल्टी अस्पतालमा उपचार सम्भवन नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी नेपाल टेलिकम प्रमुखसहित ३ जनाको घटानस्थलमै मृत्यु भएको छ । 

प्रतिक्रिया