बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका-२ काडाँकोटमा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मुत्यु भएको छ । भने २ जना गम्भीर घाइते भएका छन् ।
नेपाल टेलिकमको टावर मर्मतका लागि गएको बा ५ च २२०९ नम्बरको जिप मंगलबार विहान ९ः३० बजे काडाँकोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी निरीक्षक जनक कुमार बोहराले जानकारी दिएका छन् ।
उनका अनुसार जिपमा सवार कैलालीको धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने नेपाल टेलिकम मार्तडी बाजुरामा कार्यरत प्राविधिक सहायक अधिकृत ४८ वर्षीया लोक बहादुर खड्का, बडीमालिका नगरपालिका-७ ढम्कने बस्ने नेपाल टेलिकम कालाजाग्रामा कार्यरत ३५ वर्षीया रविन्द्र धामी र कञ्चनपूरको कृष्णपुर नगरपालिका-२ वाणी बस्ने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरिया कैलालीमा कार्यरत चालक ५७ वर्षीया कर्ण सिंह महताकाे घटनास्थलमै मुत्यु भएको छ ।
दुर्घटनामा परी २ जना गम्भीर घाईते भएको छ । घाइते हुनेमा बाजुराको बुढीनन्दा नगरपालिका २ कोल्टीका २५ वर्षीया नन्दराम तिरुवा र २२ वर्षीया लोकेन्द्र तिरुवा रहेका छन् । घाइते दुबै जनालाई उपचारका लागि जगन्नाथ गाउँपालिकाको एम्बुलेन्स मार्फत कोल्टी अस्पताल ल्याईएको छ । उनीहरुको अवस्था चिन्ताजक रहेको र थप उपचारका लागि बाहिर पठाउन हेलिकप्टरको तयारी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया