बाजुरा : सामाजिक अभियान्ताका रुपमा परिचित हेमराज थापा यतिबेला आफ्नो गृह जिल्ला बाजुराका विभिन्न गाउँ बस्तीका मानिसहरुसंग भेटघाटमा व्यस्त छन् । कोल्टी क्षेत्रका चार वटा पालिकाका नागरिकसंग भेटघाट सकेर थापा सोमबार जिल्ला सदरमुकाम मार्तडी फर्किएका छन् ।
थापाले हिमालीको विच्छ्यादेखि जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापरको मुक्तिकोट, बुढीनन्दा नगरपालिकाका भौगोलिक रुपमा अति दुर्गम क्षेत्रका जनतासंग भेटघाट गरेर तल्लो पालिकामा प्रवेश गरेका छन् । राजधानीमा राम्रो उद्धव भएका थापा एक्कासी गृह जिल्लाका नागरिकसंग भेटघाट गर्न थालेपछि चौतर्फिक बहस र राजनीतिज्ञहरु झ्वास् भएका छन् ।
चियाँ पसल, चौतारा र उनले फेसबुक पोष्टमा सेयर गरेका तस्बीरहरुमा मिसन ८४ हो की भनेर प्रश्न समेत गरिरहेका छन् । तर अभियान्ता थापाले चुनाव लक्षित नरहेको बताएका छन् । सोमबार सदरमुकाम मार्तडीस्थित वि.एण्ड वि.मा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मिसन ८४ नभएर समाज अध्ययनको शिलसीलामा बाजुरा आएको बताए ।
कतिपयले मिसन ८४ भनिरहेका भएपनि आफ्नो गृह जिल्लाको समाज अध्ययन गर्न बाजुराका कुना कन्दरामा दौडिरहेको बताएका छन् । बाल्यकालदेखि नै काठमाण्डौ बस्दै आएको र हालसम्म नजिकबाट बाजुराको समाज, समुदाय बुझ्न नसकेको बताउँदै सपीपबाट बुझ्न अभियान्ताकै रुपमा भेटघाट थालिएको उनले बताएका छन् ।
बाजुरा साचिकै सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाईन जस्ता मिडियाहरुमा समाचार पढेजस्तै छ की केही फरक अनि केही सम्भावना पनि उनले भने त्या अध्ययनका लागि पनि बाजुरा आएको बताए । उनले भने बाजुरा समाचारमा पढेजस्तै बाजुरा रहेन् छ, विकासको हिसाबले होस त मानिसहरुको जनजीवन र समाज केही फरक, केही परिवर्तन र धेरै सम्भावना भएको जिल्ला बाजुरा रहेको छ ।
बाजुराको अति गरिबको रुपमा परिचित स्वामीकार्तिककाे मुक्तिकोट गाउँ प्रचार गरेजस्तो मुक्तिकोट हाल नरहेको बताए । त्यहाँका धेरै मनिसहरु लोकसेवा लडेर सरकारी जागिरे रहेछन्, शिक्षित र समाजको विकास गर्ने युवाहरु छन्, भौगोलिक हिसाबले टाडाँ भएपनि विकासले गति लिएकै छ, समाज र मानिसहरुको जनजीवन परिवर्तनको लयमा छ ।
उनले बाजुराको विकासंगै सम्भावना र अवसरका लागि सबै युवाहरु एक ठाउँमा उभिनु बाहेकको विकल्प नरहेको बताएका छन् । भेटघाट कार्यक्रममा बरिष्ठ पत्रकार कृष्ण ओली, प्रकाश सिंह, पदम सिंह लगायतले केही गर्नुपर्छ भन्ने हुटहुटी भएका युवाहरुले बाजुराका राम्रा कार्यको पनि प्रचार प्रसार गर्नुपर्ने बताएका छन् ।
नराम्रा गतिविधीहरुको मात्रै सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने प्रवृत्ति हावी भएको बताउँदै बाजुरा अवसर र सम्भावनाको जिल्ला भनेर चिनाउँन सबैले लाग्नुपर्ने बताए । शिक्षित अनि जिम्मेवार नागरिकको भूमिका खेल्ने हो भने बाजुरा गरिबी र पिछडीएको जिल्ला होइन् थुप्रै सम्भावनाको जिल्ला भनेर चिनाउँन संम्भव हुने उनीहरुको भनाइ थियो । त्यसमा पत्रकार र युवा जमातले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
सामाजिक अभियान्ता थापा मंगलबारदेखि तल्लो क्षेत्रको बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाका विभिन्न टोल तथा गाउँबस्तीमा पुगेर त्यहाँका नागरिकसंग क्रःमस भेटघाट गर्ने योजना रहेको छ । उनी युवाहरुसंग पनि भेटघाट गरिरहेका छन् । उक्त कार्यक्रममा समाजिक अभियान्ता खेमराज साउँदकाे समेत सहभागि रहेकाे छ ।
प्रतिक्रिया