बाजुरा : रुकुमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपाल बाजुराले स्मृति सभा आयोजना गरेको छ ।
जेठ १० गतेलाई कालो दिनको स्मरण गर्दै हिजो शनिबार जातीय हिंसाविरुद्ध कोल्टीमा ¥याली, कोण सभा लगायतका कार्यक्रम आयोजना गरी स्मृति सभामा मनाएको कार्यक्रम संयोजक दिपक कडाराले बताएका छन् ।
रुकुम पश्चिमको सोती गाउँमा ५ वर्षअघि अन्तर्जातीय प्रेम सम्बन्धको विषयलाई लिएर ६ जनाको हत्या भएको थियो । कोल्टी शिवपार्कमा स्मृति सभा मनाइएको उनले बताए । कार्यक्रममा दलित युवाहरुको भव्य सहभागिता रहेको थियो ।
प्लेकाडसहित कोल्टी बजार परिकर्मा गरि शिवपार्कमा कोण सभा परिणत भएको थियो । रुकुमको सोतीमा नवराजसहित २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको हत्या भएको थियो ।
घटनामा २३ जना प्रतिवादीले जन्मकैद सजाय भुक्तान गरिरहेका छन् । २०७७ जेठ १० मा जाजरकोट भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए ।त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ युवकको ज्यान गएको थियो ।
प्रतिक्रिया