गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०८:३६

बाजुराको मार्तडीमा भोलीदेखि बडीमालिका भक्तियोग समागम हुँदै

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ०९, २०८२
बाजुराको मार्तडीमा भोलीदेखि बडीमालिका भक्तियोग समागम हुँदै

बाजुरा : बाजुराको मार्तडीमा भोलीबाट बडीमालिका समागम २०८२ सुरु हुदैछ । मार्तडीको खेलकुद परिसरमा भोलीबाट भक्तियोग समागम विधिवत रुपमा सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

बडीमालिका भक्ति योग समागम मूल समारोह समिति मार्तडी बाजुराको आयोजना भक्तियोग कार्यक्रम सञ्चालन हुने भएको हो । शुक्रबार आयोजकले पत्रकार सम्मेल गरी कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी गराएको थियो ।

संस्कार संस्कृति, धर्म, बाल संस्कार र समग्र बाजुराको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ भक्तियोग समागम सञ्चालन गर्न लागेको पुज्य सञ्जेल जी महाराजले बताएका छन् । बडीमालिका जस्ता थुप्रै धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार तथा प्रवद्र्धनका लागि बाजुरामा कार्यक्रम आयोजना गरिएको उनले बताए ।

आफ्नो गृह जिल्ला बाजुरा रहेको बताउँदै आफ्नै निजि संस्थाको लगानीमा धार्मिक तथा साँस्कृतिक विकासमा सहयोग पुर्याउने लक्ष्यसहित जिल्ला विभिन्न स्थानमा भक्तियोग समागमन कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

पछिल्ला पुस्ताहरुले संस्कार, संस्कृति विर्सिदै गएको र बालबालिकाहरु कुलतमा फस्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै विशेष गरी बाल संस्कार कार्यक्रमलाई बढी जोड दिने बताए । भक्तियोग समागमन कार्यक्रममा आदरपूर्वक चढाइएको संकलित भेटीबाट बडीमालिका भक्तियोग स्थापनाा गर्ने योजना छ, उनले भने अब कार्यक्रमले कतिको भ्याइँन्छ ।

विश्व प्रसिद्ध सर्वोच्च सिद्ध शक्ती पिठ बडीमालिका भगवतीको पावन भुमी बाजुरा जिल्लाको यस सदरमुकाम मार्तडीमा यसै बाजुरा जिल्लाका सुपुत्र विश्व विख्यात धर्म गुरु अन्तराष्ट्रिय भागवत भुषण भक्ति योग फाउण्डेशन नेपालका संस्थापकाचार्य एवं परमाध्यक्ष श्री नारायण उपाध्याय परम् पुज्य सञ्जेल जी महाराजको पावन सन्धिध्यमा धर्म जागर, अध्यात्म चिन्तन्, आत्म शान्ति, संस्कृति संरक्षण, सुसंस्कारीत समाज निमार्णको पावन उद्देश्यका साथ उक्त भक्तियोग समागम हुने भएको हो ।

योग समागममा श्रीमत्भागवत् सप्ताह कथा,गीता ज्ञान,आत्म चिन्तन,भक्ति संगीत,मन्त्र साधना,श्रृगारीक मन्त्र आरती,ग्रह विज्ञान विचार,धर्म विज्ञान विश्लेष्ण,योग शिविर बाल विकास,मातृपितृ भक्ती,लगायत राष्ट्रिय चिन्तनका कार्यक्रम रहने आयोजक भक्तियोग फाउण्डेशन आयोजक मुल समारोह समिति मार्तडी बाजुराले जनाएको छ । 

साथै विहान ५ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिविर,१००८ शालिग्राम पुजन तथा परिक्रमा,विहान ७ बजे भागवत् पुजा दैनिक रुद्री पाठ परायण, ११ बजेदेखि ४ बजेसम्म प्रवचन तथा विभिन्न भाषा भाषीका भजन किर्तन,श्रीमद्भागवतको दार्शनिक प्रवचन, बालबालीकाका लागी ५ बजेदेखि ६ बजेसम्म बाल संस्कार, गणेश चालिसा पाठ, साँझ ७ बजेदेखि १० बजेसम्म बृहत भागवत् चर्चा, राष्ट्रिय गित र दिव्य झाँकी प्रर्दशन लगायतका कार्यक्रम संचालन गरिने भएका छन् ।

उक्त बडीमालिका भक्तियोग समागम”को जेठ १० विहान १० बजे कलस यात्रा गरेर मध्यान्ह १२ बजे कार्यक्रमको समृद्धघाटन गरिने आयोजकले बताएको छ । साथै पहिलो पटक हुन लागेको भक्तियोग समागममा जिल्लाका समस्त गणमान्यहरुलाई निष्ठावान्, सामाजिक र धार्मिक कार्यक्रममा उपस्थितको लागि आग्रह समेत गरेको छ । 

बिषेशगरी बाजुराका धार्मिक तथा पर्यटकीय क्षेत्रलाईलाई पहिचान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । बडीमालिका भक्तियोग समागम ९ दिनसम्म चल्ले भएको छ । 

प्रतिक्रिया