गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०६:५६

पत्रकार उत्पादन गर्न बुढीगंगामा पत्रकारिता तालिम

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०७, २०८२
पत्रकार उत्पादन गर्न बुढीगंगामा पत्रकारिता तालिम

बाजुरा : बुढीगंगा नगरपालिकामा आधारभूत पत्रकारिता तथा उद्घोषक तालिम सञ्चालन गरिएकाे छ । नगरपालिकामा पत्रकार उत्पादन गर्ने उद्देश्यसहित पत्रकारिता तालिम सञ्चालन गरिएको हो । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजना तथा बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको ५ दिने आधारभूत पत्रकारिता तालिम आजबाट बडीमालिका होटेलमा सुरु भएको छ ।

बुढीगंगा नगरपालिका भित्रका क्याम्पस तथा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी २० जना भन्दा बढी सहभागि रहेका छन् । तालिमको प्रशिक्षण बरिष्ठ पत्रकार कृष्ण ओली, निमेन्द्र शाही, मदन जोशी गर्ने भएका छन् ।    

बोल्ने क्षमताको विकाससंगै विभिन्न सकारात्मक ज्ञान उपलब्ध गराउँन तालिम सञ्चालन गरिएको बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रका कार्यक्रम अधिकृत महेश  जोशीले बताएका छन् । उनले विभिन्न सीपहरु सिकाउँदै आईरहेका बताउँदै सीप सिक्ने चाहान भएकालाई बाहिर पठाउन पनि सीप केन्द्र तयार रहेको बताए । 

कार्यक्रममा बुढीगंगा नगरपालिका २ का वडाध्यक्ष पदम भण्डारीले नगरपालिकामा धेरै तालिम सञ्चालन गरिएका बताउँदै मागेजति सम्पर्कमा नआउने समस्या रहेको बताए । तालिममा सहभागिहरुलाई सिर्जनशिलताका साथ सिक्न आग्रह गरेका थिए ।

बुढीगंगा नगरपालिकाका प्रमुख राम बहादुर बानियाँले पत्रकार उत्पादनसंगै श्रम बजारमा विक्ने जशक्ति उत्पादन गर्ने लक्ष्य नगरको रहेको बताएका छन् । सीप विकास केन्द्र मार्फत युवायुवतिलाई व्यवसायीक बनाउँने लक्ष्यसहित उपलब्धीमुल्क सीप सिकाउने काम गरिरहेका बताएका छन् । 

कार्यक्रममा शुभकामना मन्तवय राख्ने वक्ताहरुले स्थानीय तहमा पत्रकारिता अध्ययन गर्ने प्रणालीको सुरुवात गर्नुपर्ने बताएका छन् । क्याम्पसहरुमा स्थानीय पाठ्यक्रम निर्माण गरी पत्रकारिता अध्ययनको सुरुवात गर्न आवश्यक रहेको बताए । 

नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको तालिमको प्रमुख अतिथि बुढिगंगा  नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँ रहनु भएको थियो । 

कार्यक्रममा बुढिगंगा नगरपालिका सीप विकास केन्द्रका कार्यकारी निर्देशक महेश राज जोशी, वडा २ का वडाध्यक्ष पदम भण्डारी, प्रेस सेन्टरका केन्द्रीय सचिव निमेन्द्र शाही, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली, नेपाल पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष मदन राज जोशी, सुदुरपश्चिमका स्काउट प्रमुख आयुक्त नरेन्द्र थापा लगायत अतिथिमा रहेको थिए । 

प्रेस चौतारी बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय, पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विक, सह–सचिव जनक बोहरा, कोषाअध्यक्ष उमेश शाही, पत्रकार प्रमित वि.क लगायतको तालिममा सहभागिता रहेको छ । 

नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव प्रेम रौलेले गर्नुभएको हो । 

प्रतिक्रिया