बाजुरा : बाजुरामा जिप दुर्घटनामा भएको छ । त्रिवेणी नगरपालिका अन्तरगत मौरे-कैलाशमाण्डौ सडकबाट बाम्का बजार जादै गरेको से १ ज ३४८ नम्बर जिप सोही नरपालिकाको वडा नं.८ मा पर्ने जिरो पोइन्टमा दुर्घटना भएको हो ।
जिप सडकमै पल्टिएको र सवार यात्रु सकुशल रहेका बताईएको छ । सोही वडास्थित भानासिल्लाका जिप मालिक र चालक रहेका कमल बहादुर साउँदले चलाएको जिप दुर्घटना भएको जानकारी प्राप्त भएको छ । थप एकीन विवरण आउँन बाकी रहकाे छ ।
प्रतिक्रिया