गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ १०:२६

बालबालिकाको भविष्यबारे अभिभावकलाई सचेत पार्दै बालविकास मावि

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ०२, २०८२
बालबालिकाको भविष्यबारे अभिभावकलाई सचेत पार्दै बालविकास मावि

बाजुरा : गौमुल गाउँपालिका ३ माझपालीमा रहेको बालविकास माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि अभिभावकसंग भेटघाट कार्यक्रम थालेको छ । बालबालिकाको भविष्यबारे अभिभावकलाई सेचत पार्न विद्यालय परिवार टोल टोलमा पुगेको हो ।  

गुणस्तरी शिक्षा र सिकाई वृद्धिका लागि अभिावक सचेतना टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक तिर्थ चौधरीले बताएका छन् । शिक्षक र वडाका जनप्रतिनिधिको टोली सेवा क्षेत्रभित्रका टोल टोलमा पुगेर अभिभावकसंग अन्तरक्रिया गरेको उनले बताए ।

बालबालिकाले विद्यालय भन्दा घरमा अधिक समय बिताउने गर्छन्, उनले भने बालबालिकाको सम्पूर्ण आनीबानी तथा संस्कारजन्य व्यवहार सिकाउने र पढ्ने वतावरण सृजना अभिभावकले घरमा गर्नुपर्छ, तर त्यसमा अभिभावकको चासो कम नदेखिएपछि सचेत पार्न टोलमा पुगेका उनले बताए ।

अभिभावक आफ्ना छोरा छोरीको बारेमा बुझ्न विद्यालय हातभित्र कहिल्यै नजाने प्रवृत्तिलाई अन्त्य गरी गुणस्तरी शिक्षामाथि चासो र चिन्तन बनाउँन कार्यक्रम सञ्चालन गरिएको वडा न.३ का वडाध्यक्ष गोरख बहादुर बोहराले बताएका छन् । 

घर घरमा पुगेर यसभन्दा अघि कति दिन विद्यालय पुगे, यो वर्षभरी कति दिन विद्यालय पुग्ने भन्ने जानकारी लिनुका साथै शिक्षक र विद्यालय प्रशासनले सुधार गर्नुपर्ने पक्षका बारेमा सुझाव संकलन गरिएका छन् । 

शैक्षिक क्षेत्रलाई बलियो बनाउन उक्त कार्य सञ्चालन गरिएको हो । गौमुल गाउँपालिकाकै शैक्षिक क्षेत्रमा उत्कृष्ट विद्यालय बालविकासले नयाँ र उपलब्धीमुलक अभ्यासको सुरुवात गरेको जनप्रतिनिधिले बताएका छन् । 

सेवा क्षेत्रभित्र रहेका माझपाली, आला, गर्जे, पाते, धल्काँडा, भिट्टाली, चौका र टाडाकोटका टोलका अभिभावकसंग विद्यार्थीको पढाईका बारेमा छलफल गरेको शिक्षकले बताएका छन् ।

May be an image of 8 people

प्रतिक्रिया