गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०९:५९

बाजुराको धुलाचौरमा जिप दुर्घटना, ६ जना घाइते

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ०२, २०८२
बाजुराको धुलाचौरमा जिप दुर्घटना, ६ जना घाइते

बाजुरा : बाजुराको धुलाचौरमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कर्णाली करिडोर राजमार्गमा कोल्टीबाट धुलाचौर जादै गरेको जिप हिमाली गाउँपालिका ६ सिउडी खोला दुर्घटना भएको हो ।

जिप चालक सबिन बोहराले चलाएको म १ ज २३३ नम्बरको जिप एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा जिप चालकसहित सवार ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

जिप सडकबाट १५० मिटर तल कर्णाली नदी छेउको रुखमा अड्किएको प्रहरीले बताएको छ । घाइते हुनेमा चालक वतन खुल्न बाँकी २० वर्षीया सबिन बोहरा टाउँको, कम्मरमा चोट अवस्था मध्यम, हिमाली गाउँपालिका ५ बस्ने १८ वर्षीया रंगिता बुढा, टाउँको र हातमा चोट अवस्था मध्यम, १८ वर्षीया जुनिता बुढा टाउँको र वाँया हातमा चोट अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक कुमार बोहराले बताएका छन् । 

त्यस्तै हिमाली गाउँपालिका ४ का १९ वर्षीया विवेक बुढा, हातमा चोट अवस्था सामान्य, हिमाली ६ धिम का २२ वर्षीया अस्मिता शाही टाउँको र दाहिने हातमा चोट अवस्था मध्यम र  हिमाली ४ फैतीका १८ वर्षीया विज्ञान सार्की वाँया हातमा चोट अवस्था सामान्य रहेको उनले बताए । 

जिप चालक बाहोरा भने कुन ठाउँका हुनु भन्ने खुल्न सकेकाे छैन् । घाइते सबैको कोल्टी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया