गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०७:१६

स्ववियु बाजुराले गर्‍याे क्यालेण्डर विमोचन, रचनात्मक काममा अग्रसर

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ०२, २०८२
स्ववियु बाजुराले गर्‍याे क्यालेण्डर विमोचन, रचनात्मक काममा अग्रसर

बाजुरा : स्वतन्त्र विद्यार्थी युनियन बाजुरा क्याम्पसले वि.स.२०८२ सालको क्यालेण्डर (भित्तेपत्रो) विमोचान गरेको छ । शुक्रबार बाजुरा क्याम्पसको सभाहमा एक औपचारिक कार्यक्रमकाबीच बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले क्यालेण्डरको विमोचन गरेका हुन् ।

शैक्षिक क्षेत्रमा टेवा पुर्याउने विषयलाई आत्मसाथ गर्दै क्यालेण्डर प्रकाशन गरी ग्राहक समक्ष ल्याएको स्वतन्त्र युनियन बाजुराका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् ।

क्यालेण्डरमा क्याम्पस प्रशासन र युनियनका विभिन्न शैक्षिक एवं सामाजिक कार्यक्रमका झलकहरु समेटिएको ३ पानाको भित्तेपात्रो प्रकाशन गरेको उनले बताए । क्याम्पसमा अध्ययनर सम्पूर्ण विद्यार्थीको हकहित र संस्थागत विकासका निम्ति भित्ते पात्रो प्रकाश गरेको अध्यक्ष रोकायाले बताए ।  

भित्तेपात्रो विमोचन गर्दै नगर प्रमुख अमर बहादुर खड्काले यस्ता सृर्जनात्मक र रचनात्मक कामले शैक्षिक क्षेत्रमा सहयोग पुग्ने बताएका छन् । अझै शैक्षिक गुणस्तर सुधार हुने खालका नयाँ गतिविधिहरु सञ्चालन गर्न उनले आग्रह गरे ।

क्याम्पसमा हुने हरके शैक्षिक सुधारका गतिविधिमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउँदै नयाँ अभ्यासका साथ अगाडी बढ्न सुझाव दिए । स्ववियु अध्यक्ष लक्ष्मण रोकायाको अध्यक्षतामा सञ्चालन भएको भित्तेपात्रो विमोचन कार्यक्रममा प्रमुख अतिथि बडिमालिका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि क्याम्पस प्रमुख रूपक रौले, अतिथिमा क्याम्पस सहायक प्राध्यापक भिम बिष्ट लगायत रहनुभएको थियो । स्ववियु सचिव बल बहादुर खड्काले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी नेताहरू, शिक्षक, विद्यार्थी लगायतको उपस्थित रहेको थियो । 

May be an image of 12 people, people studying and text

प्रतिक्रिया