गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ १०:०९

एमाले बाजुराको प्रथम प्रतिनिधि परिषद् बैठक मार्तडीमा सुरु

गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ ०१, २०८२
एमाले बाजुराको प्रथम प्रतिनिधि परिषद् बैठक मार्तडीमा सुरु

बाजुरा : नेकपा (एमाले) बाजुराको प्रथम प्रतिनिधी परिषद बैठक आजबाट सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको आयोजनामा  प्रथम प्रतिनिधी परिषद बैठक नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गर्नुभएको छ ।

परिषद बैठकमा राजनीतिक, आर्थिक प्रतिवेदन प्रस्तुत हुनुका साथै पार्टीको काम कारबाहीका विषयमा छलफल तथा समीक्षा हुने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओलीले बताएका छन्  ।

प्रतिनिधी परिषद बैठकमा विधान संशोधनको लागि जिल्लास्तरबाट सुझाव संकलन गरिने र जिल्लाको गतिविधीमा  छलफल गरिने अध्यक्ष ओलीले प्रतिवेदनमा प्रस्तुत गरेका छन्   ।  

नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा प्रमुख अथिती रहनु भएको थियो, केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रदेश ख ईन्चार्ज प्रकाश शाह, केन्द्रीय सदस्य प्रदेश क ईन्चार्ज सहदेव बोगटी, विशिष्ट अतिथी रहेका छन् । 

यस्तै केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया , सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, संविधान सभा सदस्य पेम्बा गुरूङ अतिथी छन् । 

नेकपा एमाले जिल्ला कमिटी उपसचिव हरिबहादुर रोकायाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य पार्टी उपाध्यक्ष जनक कुमार बोहराले गरेका हुन् । बैठकमा जिल्लाका ९ वटै पालिकाबाट प्रतिनिधीहरु लगाएत सबैको उपस्थिति रहेको छ ।

May be an image of 1 person and studying

प्रतिक्रिया