बाजुरा : बाजुराको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता पाएकी छन् । सोही गाउँपालिका ४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बुधबार नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
नागरिकता बनाउन सनाखत गर्ने कोही नहुँदा उनले नागरिकता प्राप्त गर्न सकेकी थिइनन् । माइती घर डोटीको सिलगढी भएपनि विवाह गरेर बाजुरा आएकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित भएकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उनले खुसी व्यक्त गरेकी छन् । उनका श्रीमान रोजगारीका लागि भारत जान्छु भनेर गएको ७ वर्ष भन्दा बढी भयो । तर उनी हालसम्म न परिवारको सम्पर्कमा छन्, नत अन्यको । श्रीमान ७ वर्षदेखि वेपत्ता भएपछि नागरिकता पाउनबाट वादी बञ्चित भएकी हन् ।
वादीका १ छोरा २ छोरी छन् । मानाकोटस्थित गदाडाको तल्लो बस्तीमा टिनको टहरामा बस्दै आएकी वादीलाई अल्पसंख्यक भन्दा फरक नर्पाला । किनकी उनको परिवार बाहेक अन्य छैनन् ।
वादीका न जग्गा छ, नत घर । अर्काको जग्गामा वडा कार्यालयले टिनको टहरा निर्माण गरिदिएपछि अहिले सोही टहरामा उनीसहित छोराछोरी आश्रय लिईरहेका छन् । अरुको काम गरेर गुजरा चलाईरहेकी वादीले नागरिकता पाउँदा हर्षको सीमा छैन् ।
नागरिकता नहुँदा सुकुम्बासिको फारम भर्न समेत छुट्ने गरेको थियो । भने वडा कार्यालयबाट पाउँने सम्पूर्ण सेवा सुविधाबाट वादीसहित छोराछोरी वञ्चित थिए । प्रमुख जिल्ला अधिकारीको लामो समयको अथक प्रयासले गर्दा नागरिकता पीडित महिलालाई उपलब्ध गराउन सफल भएको गौमुल गाउँपालिका वडा नं.४ का वडाध्यक्ष अमर बहादुर विकले बताएका छन् ।
निरन्तरको प्रयासले अत्यन्तै गरिब तथा विपिन्न महिलाको नागरिकता बनेपछि राज्यबाट पाउने सुविधाका लागि सिफारिस गर्न अबबाट सहज हुने उनले बताए । पीडित महिलालाई नागरिकता दिएर उद्धार गरेकोमा प्रजिअलाई वडाध्यक्ष विकले धन्यवाद समेत व्यक्त गरेका छन् ।
उनले भने प्रमुख जिल्ला अधिकारी ज्यूको साथ, सर्मथ र पहलले सम्भव भएको हो । नागरिकता बनेपछि उनका छोराछोरीको नागरिकता बनाउँने बाटो खुल्ला भएकोे वडाध्यक्ष विकले बताएका छन् । नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।
प्रतिक्रिया