गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ १०:२६

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख ३१, २०८२
पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

 काठमाडौं : पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जानकारी दिएका छन् ।बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया