गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ०३:३०

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी : (डीआईजी) विक

बडीमालिका नगरपालिकाद्धारा स्वागत
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख २८, २०८२
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी : (डीआईजी) विक

बाजुरा ः सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने गरी भर्खरै आएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विक यतिबेला प्रदेश मातहतका जिल्लाहरुमा स्थलगत निरीक्षणका क्रममा हुनुहुन्छ ।

सोही अनुसार जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षणका लागि पुगेका हुन् । उक्त अवसरमा (डीआईजी) विकलाई बडीमालिका नगरपालिकाले स्वागत गरेको छ ।

नगरपालिकाले आईतबार बिहान एक कार्यक्रमकाबीच (डीआईजी)  सहितको टिमलाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा (डीआईजी) विकले सुदूरपश्चिमका जिल्लाको शान्ति सुरक्षा अमन चयनमा निरन्तर लाग्ने बताएका छन् ।

उनले समाजको शान्ति सुरक्षा अमन चयनका लागि नागरिक र समाजको मैत्रीपूर्ण व्यवहार हुन जरुरी रहेको बताएका छन् । सीमा नाकामा देखिएका समस्यामा समेत आफ्नो ध्यान गएको बताए ।

जिल्लामा हुने अपराधिक घटनालाई राजनीतिकरण नहुने गरी भूमिका खेलिदिन अनुरोध समेत गरेका छन् । बाजुरा प्राकृतिक मनोरम छटाले भरिपूर्ण रहेकोले यसमा सबैको ध्यान जानुपर्ने आवश्यकता औल्याएका छन् ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बाजुरा सहित सुदूरपश्चिम प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्नमा महत्वपूर्ण भुमिका खेल्न आग्रह गरेका थिए ।

स्वागत कार्यक्रममा (डीआईजी) विक संगै एसपी सरोज पौडेल, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख इकवाल हवारी, वडा अध्यक्ष डम्बरबहादुर महत, चन्द्रबहादुर थापा लगायत कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया