गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५३
Dho

देशका लागि दुई दिन कार्यक्रम कार्यान्वयनका लागि गौमुल गाउँपालिका–२ का स्थानीय निरन्तर सक्रिय

गाउँपालिकाको नीतिलाई स्थानीयले नियमित रुपमा कार्यान्वयन गरिरहेको वडा अध्यक्ष देव बहादुर राेकायाकाे भनाई
बाजुरा
रमित वि.क.
बुधबार, साउन ३१, २०८०
देशका लागि दुई दिन कार्यक्रम कार्यान्वयनका लागि गौमुल गाउँपालिका–२ का स्थानीय निरन्तर सक्रिय

बाजुरा : गौमुल गाउँपालिकाले लागु गरेको देशका लागि २ दिन कार्यक्रमको कार्यान्वनका लागि गौमुल गाउँपालिका–२ का स्थानीय सक्रिय देखिएका छन् । गौमुल गाउँपालिकाको देशको विकासका लागि २ दिन श्रमदान गर्ने नीतिलाई कार्यान्वयन गर्ने स्थानीय सक्रिय रुपमा लागेका हुन् । 

स्थानीयले वडाका विभिन्न टोलमा सार्वजनिक कार्य गरेका छन् । वडा सदस्य प्रेम रोकायाको नेतृत्वमा स्थानीयले आज टोलका विभिन्न ठाउँमा सार्वजनिक संरचना निमार्ण तथा मर्मत गरेका छन् । वर्षाका कारण विभिन्न ठाउँमा भत्किएका सार्वजनिक संरचनाको मर्मत सम्भार गरिएको हो ।

आज स्थानीयको सहभागीतामा आँगरबाट वडा नम्बर ३ जोड्ने बाटो मर्मत गरेका छन् । त्यस्तै रनेडा टोलका स्थानीयले ईसीडी भवनको घेरबार समेत मर्मत गरेका छन् । वर्षाका कारण करिव १५ मिटर भत्किएको घेरबार मर्मत गरिएको हो ।

गाउँपालिकाको नीतिलाई स्थानीयले नियमित रुपमा कार्यान्वयन गरिरहेको वडा अध्यक्ष देव बहादुर रोकायाले बताए । उक्त कार्यमा कार्यपालिका सदस्य जवा सार्की, वडा सदस्य प्रेम रोकाया, रेडियो गौमुल सञ्चालक समिति सदस्य प्रकाश सार्की लगायत स्थानीय ५० बढीको सहभागीता रहेको थियो । 

आफुहरु खाली समयमा अरुको कुरा काट्न र नकरात्मक टिप्पणी गर्ने मात्र व्यस्त हुने तर विकासको नाममा सिन्को नभाँच्ने प्रवृत्तिको अन्त्यका लागि कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  सबै कामका लागि बजेट पर्खिनु पर्ने र राज्यकै सहारामा बाँच्नु पर्ने मानसिकताको अन्त्य गरी राज्यप्रति नागरिकको जिम्मेवारी बढाउन गाउँपालिकाले उक्त कार्य अघि बढाएको हो । 

प्रतिक्रिया