गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ०८:०९

गौमुल-४ का सबै स्वास्थ्य संस्था र विद्यालयमा सोलार जडान, सेवा प्रवाहमा सहज

गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख २७, २०८२
गौमुल-४ का सबै स्वास्थ्य संस्था र विद्यालयमा सोलार जडान, सेवा प्रवाहमा सहज

बाजुरा : गौमुल गाउँपालिका ४ मा स्वास्थ्य संस्था र विद्यालयमा सोलार जडान गरिएको छ । सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले वडा भित्रका सबै स्वास्थ्य संस्था र विद्यालयहरुमा सोलार जडान गरिएको हो ।

वडामा विजुली छ । सबै विद्यालय तथा स्वास्थ्य संस्थामा विद्युत जडान पनि गरिएको छ । तर कहिले काँही आउने जाने गर्नाले विद्यालयमा कामकाज ठप्प र स्वास्थ्य संस्थाहरुमा सेवा प्रवाहमा समस्या हुने गरेकाले सोलार जडान गरिएको वडाध्यक्ष अमर बहादुर विकले बताएका छन् ।

सोलार जडानको सम्पूर्ण काम सकेर सेवा सुचारु गरिएको उनले बताए । वडाको समन्वयमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा स्काई ईनर्जी प्रालिको प्राविधिक सहयोगमा सोलार जडान गरिएको वडाध्यक्ष विकले बताएका छन् । 

मानाकोट स्वास्थ्य चौकी, सत्य आधारभूत विद्यालयमा सोलार जडान गरिएको हो । केही विद्यालय र स्वास्थ्य चौकीमा भने सोलार अघिल्लो वर्षमै जडान गरिएको थियो । 

वडाभित्र रहेका सबै सरकारी संस्थाहरुमा सोलार जडान भएसंगै अहिले सेवाग्राहीलाई सेवा दिन सजिलो भएको वडाध्यक्ष विकले बताए । उनले यो कार्यका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया