गाैमुल खबर डटकम आइतबार २८, बैशाख २०८२ ११:११

अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल हुने

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख २६, २०८२
अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल हुने

काठमाडौं : सांस्कृतिक समाज नेपालको आयोजनामा अन्तर दोहोरी साँझ स्तरीय “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा आयोजना हुने यस दोहोरी आइडल दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको कार्यक्रमका संयोजक चन्द्र शर्माले जानकारी दिए ।

शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा सहभागी हुनेले एक दोहोरी साँझबाट एक( एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताए । सहभागी हुनेले दौरा सुरुवाल लगाएर मात्रै गाउने चलन अन्त्य गरि टाइसुटमा पनि गाउन पाउने कुरा संयोजक शर्माले बताए ।

कार्यक्रमको मुख्य प्रायोजक बिबिटिएम फाउन्डेसन रहेको छ । फाइनल कार्यक्रम नगरकोटमा सम्पन्न गरिने संयोजक शर्माले बताउँदै चाँगुनारायण नगरपालिकाले त्यसको सम्पूर्ण प्रबन्ध मिलाएको बताए । राष्ट्रिय दोहोरीगीत आइडल विजेताले ३३३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २२२२२ नगद सहित स्कुटर पाउनेछन् ।

सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा वरिष्ठ गायक नन्दकृष्ण जोशीले शुभकामना मन्तव्य दिएका थिए । कला क्षेत्रका बारेमा बताउँदै राष्ट्रिय दोहोरीगीत आइडल आयोजना गर्नु उत्कृष्ट कार्य भएको बताए । धेरै नेताहरुले वर्षौं बहस गरेका कुरा दोहोरी गायक गायिकाले गाएको गीतले प्रष्ट पारिदिने गायक जोशीले बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष कृष्ण रेउले, वरिष्ठ पत्रकार डब्बु क्षेत्री लगायतको उपस्थित रहेको थियोे । कार्यक्रमको संचालन गायक अमृत खातीले गरेका थिए ।

प्रतिक्रिया