गाैमुल खबर डटकम आइतबार २८, बैशाख २०८२ ११:३३

बुढीनन्दाको सुदाडीमा घाइते भएकी महिलाको मुत्यु, बमको आवाज, भएन घटनाकाे एकीन, प्रहरी अनुसन्धान गर्दै

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख २६, २०८२
बुढीनन्दाको सुदाडीमा घाइते भएकी महिलाको मुत्यु, बमको आवाज, भएन घटनाकाे एकीन, प्रहरी अनुसन्धान गर्दै

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका-७ सुदाडी पातल समुदायिक वनमा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

गाईलाई घाँस काट्न गएकी सोही वडास्थित सेरकाटियाकी ५५ वर्षीया काली जोशीको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताएका छन् ।

शुक्रबार विहान साढे ८ बजे स्थानीयले जोशीलाई घाइते अवस्थामा फेला पारेका थिए । त्यहाका स्थानीयका अनुसार बम पट्के जस्तै ठुलो आवाज सुनिएको थियो । 

उनको छाती र बायाँ पाखुरामा गहिरो चोट लागेको अवस्थामा स्थानीयले भेटाएका थिए । तर के कारणले घाइते भएकी हुन भन्ने एकीन थाहा नभएको र प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । गम्भीर घाइते जोशीलाई उपचारका लागि एम्बुलेन्स मार्फत कोल्टी अस्पतालमा ल्याएकी थिइन् । उनको शुक्रबार दिउँसो १२ः१५ बजे अस्पतालमै मृत्यु भएको डाक्टर रञ्जित शाहले बताएका छन् ।

डाक्टर शाहकाअनुसार कालीको छातीमा घाउँका कारण अत्याधिक रक्तश्रावका हुँदा मुत्यु भएको भएको हो । गहिरो घाउँ भएपनि यो कारणले हो भनेर एकीन गर्न नसकिने उनले बताएका छन् ।

शव पोष्मार्टमका लागि अस्पतालमा राखिएको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख तथा प्रहरी नायव निरीक्षक हवारीले कोल्टी प्रहरीको टोली घटनास्थलमा घटनाको अनुसन्धान गरिरहेको र अहिलेसम्म यही कारणले घटना भएको हो भन्ने पत्ता भने नलागेको बताएका छन् । 

घटनाको थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरीको टोली पठाउने तयारी थालिएको उनले बताए । घटनास्थलमा खटिएको प्रहरीको रिपोट र अस्पतालको पोष्टमार्टको रिपोर्टपछि घटनाको बारेमा भन्न सकिने डीएसपी हवारीले बताएका छन् ।

सुदाडी पातलमा बम पड्केको जस्तै ठुृलो आवाज सुनिएको घटना स्थल नजिक गोरु चराउने र अन्य स्थानीयले बताएको घटनास्थलमा पुगेका स्थानीय लाल चन्द्र जैशीले बताएका छन् ।

थोरै घाँस काटेको भेटिएको तर अन्य केही नभेटाएको उनले बताए । छट्पटाएर धेरै तल आएको अवस्थामा भेटाएपनि तर घटना कुन स्थलमा भएको हो भन्ने एकीन अहिले सम्म भईनसकेको उनले बताए । 

प्रतिक्रिया