गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३४
Dho

गौमुल गाउँपालिकाका सबै विद्यालयमा आगामी भदौं १ गतेबाट अनिवार्य हरियो तरकारी प्रयोग गरिने

तरकारी उत्पादन गरी आयआर्जेन गर्न वडा अध्यक्ष प्रकाश रोकाया आग्रह
बाजुरा
रमित वि.क.
बुधबार, साउन ३१, २०८०
गौमुल गाउँपालिकाका सबै विद्यालयमा आगामी भदौं १ गतेबाट अनिवार्य हरियो तरकारी प्रयोग गरिने

बाजुरा : गौमुल गाउँपालिका ६ का वडा अध्यक्ष प्रकाश रोकायाले सम्पूर्ण वडाबासीहरुले तरकारी उत्पादन गरी आयआर्जेन गर्न आग्रह गरेका छन् । आज स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवाँ खाजा कार्यक्रमको वडा स्तरको बैठकको संम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । हरियो तरकारीको प्रयोगले बालबालिकाको दिमाग तीक्ष्ण हुनुका साथै स्वास्थ्य समेत तन्दुरुस्त हुने बताए ।

सरकारले यस अघि नै प्रत्येक घरपरिवारले “एक घर एक करेसाबारी, हरेक दिन हरियो तरकारी” को नारा लिएर सुरुवात गरिसकेका कारण अब कार्यान्वयन गर्नुपर्ने बेला आएको बताए । सरकारले नीति तथा कार्यक्रम बनाई दिने भएपनि जनताहरुबाट त्यसको कार्यान्वयन नहुने प्रवृति बढ्दै जानु र बाटो देखाउदा पनि केही कृषकले मेहेनत गर्ने तर केहीले वास्ता नगर्ने गरेको गुनासो गरे । 
तरकारी उत्पादन गरेपछि आफ्नो परिवारले पनि प्रयोग गर्ने र बढी भएको विक्री गरेर आफ्नो आम्दानी समेत हुने भएका कारणले तरकारी उत्पादनमा सबैले लाग्न अनुरोध गरिएको छ ।  वडाका सम्पूर्ण विद्यालयहरुमा भदौं १ गतेबाट अनिवार्य तरकारी प्रयोग गरेर मात्र दिवाँ खाजा खुवाउने भएका कारण सबैले तरिकारी आफ्नो बारीमा लगाउन अपिल गरेका छन् ।प्रति दिन ४० ग्राम हरियो तरकारी बालबालिकाहरुलाई अनिवार्य रुपमा दिवाँ खाजासंगै प्रयोग गर्नुपर्ने भएको छ । वडा भित्रका १३ वटा कृषक समूहका अध्यक्षहरुले ४ वटै विद्यालयमा मौसमी तथा बेमौसमी तरकारी अनिवार्य उपलब्ध गर्नुपर्ने भएको छ । 

No description available.
तरकारीको प्रयोगले बाललिकाहरु बौद्धिक र मानसिक रुपमा बलियो हुने विश्वास लिईएको छ । गिफ्ट नेपाल र मर्सीकोरको सहयोग र गाउँपालिकाको समन्वयमा गाउँपालिका भरिका सम्पूर्ण विद्यालयमा आगामी भदौ १ गतेबाट अनिवार्य हरियो तरकारी प्रयोग गरी दिँवा खाजा प्रयोग हुने भएको छ ।  आफ्नै तरकारी आफ्नै बालबालिकाले प्रयोग गर्ने भएका छन् । भने आम्दानीको दैनिक स्रोत पनि कृषकहरुलाई बढ्ने भएको छ ।

बेमौसमको समयमा कृषकहरुलाई सोही बमोजिमको दररेट समेत कायम गरिने भएको छ । विद्यालयमा दिवाँ खाजा कार्यक्रम र तरकारीको प्रयोगले दैनिक विद्यार्थी उपस्थिति हुने दर समेत बढ्ने घटाल आधारभुत विद्यालयका प्रधानाध्यापक हर्क बहादुर थापाले बताएका छन् । आजको छलफल कार्यक्रमले सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई तरकारी संकलन गरी प्रत्येक विद्यालयमा पुर्याउने गरी सम्झौता समेत गरिएको छ । तरकारी सहकारी मार्फत खरिद विक्री गरिने भएको छ । 

वडा कार्यालयको हलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष प्रकाश रोकाया, कार्यपालिका सदस्य राजिन्द्रा विष्ट, वडा सदस्य कलक चदाँरा, धना विक, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, गिफ्ट नेपालका सुरेन्द्र बोगटी, गौमुल गाउँपालिका स्वास्थ्य शाखाका सीता खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक, कृषक समूहका अध्यक्ष र अगुवा कृषकहरुको सहभागीता रहेको थियो । सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम बहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रममा १ सय बढीको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागी कृषकहरुले तरकारी उत्पादन गर्ने प्रतिवद्धता गरेका छन् । 

प्रतिक्रिया