गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३५
Dho

प्रस्तावित शिक्षा ऐन विरुद्ध शिक्षक महासंघ बाजुराको विरोध

माग सुनुवाई नभएमा विद्यालय बन्द गर्ने समेत चेतावनी
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ३१, २०८०
प्रस्तावित शिक्षा ऐन विरुद्ध शिक्षक महासंघ बाजुराको विरोध

बाजुरा : शिक्षक महासंघले शिक्षकहरुको माग सम्बोधन गर्न माग सहीत देश व्यापी आन्दोलन सुरु गरेको छ । पहिलो चरणको आन्दोलन अन्र्तगत जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय अघि धर्ना दिएका छन् । 

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्नु परेको शिक्षक महासंघ बाजुराका अध्यक्ष पूर्णबहादुर खातीले बर्ताका छन् । विद्यालय शिक्षा विधेयक नसच्याएरै संसदमा लगेको अवस्थामा अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन गर्ने समेत खातीले चेतावनी दिएका छन् ।

२० बुँदे माग गर्दै पहिलो चरणको धर्ना कार्यक्रम सुरु गरिएको हो । द्वन्द्वपीडित तथा शैक्षिक आन्दोलनमा लागेर आफ्नो जीवन खापेका शिक्षक नेताहरुको त्यो अवधिको सेवा नजोडिनाले तिनले नियमानुसार पाउनुपर्ने उपदान वा पेन्सन नपाएको, राजनैतिक आग्रह, पारिवारिक तथा समाजिब द्वन्द्व र विभेद लगायतका कारण स्थानीय तहका निर्वाचित पदाधिकारीको कोपभाजनमा प्रधानाध्यापक तथा शिक्षकस्थानीय तहले संविधानको अनुसूची ८ मा व्यवस्थित अधिकारको दुरुपयो गरी निर्वाचित पदाधिकारीले कठपुतली विद्यालय व्यवस्थापन समिति बनाएकोले विद्यालय तहको शिक्षालाई संविधानको अनुसुची ९ मा ल्याउनुपर्ने माग राखेका छन् ।

त्यस्तैगरी शिक्षक स्थायीत्वको विषयमा दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उमावि शिक्षकलाई अस्थायी शिक्षकको जस्तै आन्तरिक÷खुला विधिबाट शिक्षक सेवा आयोगमार्फत स्थायी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध हुनुपर्ने अथवा सबै दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी सामान्य प्रक्रियाद्वारा शिक्षक सेवा मार्फत स्थायी गरिनुपर्ने माग गरेको छ ।

पारिश्रामिकको विषयमा प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरु तथा विद्यालय कर्मचारीको दरबन्दी तथा उचित तलवको व्यवस्था, बालशिक्षालाई ऐन मार्फत विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, अस्थायी अवधिक गणना तथा निवृत्तीभरणको विषयमा लामो समय अस्थायी काम गरेकालाई पनि अवधि गणना गरेर पेन्सनको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।

जिल्ला शिक्षा समन्वय इकाइमा तीन घन्टा धर्ना दिने दिने कार्यक्रम राखेको महासंघले ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा तीन घन्टा धर्ना दिने, भदौ १ गते प्रदेश तथा संघीय सांसदलाई शिक्षक तथा विद्यालय कर्मचारीको पक्षमा बोलिदिन आग्रह गर्ने, विधेयक संसदमा दर्ता भएको पाँचौ दिनबाट देशभरका शिक्षक कर्मचारी उपस्थित भई काठमाडौंमा बृहत विरोध प्रद्र्धशन गर्ने कार्यक्रमको घोषणा गरेका छन् ।

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले विद्यालय शिक्षा ऐनको विधेयक सच्याएर मात्रै सदनमा पेश गर्ने बताइसकेका छन् । शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले सामुहीक धर्ना कार्यक्रम जारी राखेका छन् । शिक्षक नेताहरुले माग पुरा नभए विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने बताएका छन् । 

प्रतिक्रिया