बाजुरा : बाजुरामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
जिल्ला अस्पतालमा मात्र नभई अन्य क्लिनिकमा समेत रेबिजविरुद्धको खोप अभाव भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर सुनिल कुमार शाहले बताएका छन् ।
उनका अनुसार रेविज विरुद्धको खोप ए.आर.भी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र धनगढी कैलालीबाट प्राप्त नभएकोले अर्को व्यवस्था नभए सम्मका लागि सेवाग्राहीलाई उपलब्ध गराउँन नसकिने भएको छ । जनावरले टोकेका बिरामीहरुले अन्यत्रबाट उक्त भ्याक्सिन खरिद गरी ल्याएमा अस्पतालमा खोप भने लगाउने उनले बताए ।
प्रतिक्रिया