गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०६:५१

थुनामुक्त भए रेशम चौधरी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १७, २०८२
थुनामुक्त भए रेशम चौधरी

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन्।

यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो। प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकता हुने तयारी भइरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो।

सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले आफू अनुकूल पत्र पठाएपछि रेशम चौधरी पक्राउ परेका थिए। सर्वोच्च अदालतले उक्त पत्र आधिकारिक नभएको स्पष्ट पारेको थियो। उक्त पत्र नक्कली भएपछि सर्वोच्चले अर्को पत्र जारी गरेर डिल्ली बजार कारागारलाई थुनामुक्त गर्न निर्देशन दिएको थियो। 

प्रतिक्रिया