काठमाडौं : जारी शिक्षक आन्दोलनमा साथ दिन पुगेको नेकपा एकीकृत समाजवादीको शीर्ष टोली अपमानित भएर फर्किएको छ । शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध नाराबाजी गरे । पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेको थियो ।
शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित गरेका नेताहरु त्यतिबेला हिस्स परे, जब शिक्षकहरूले नै उनीहरुलाई त्यहाँबाट फर्किहाल्न भने ।‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको थियो ।
फर्किने क्रममा उनीहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ गर्यो । पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर । पुलिसको दादागिरी बन्द गर भन्दै औंलो ठड्याउँदै एकहोरो नारा लगाएर नेताहरूलाई आन्दोलनकारी शिक्षकहरूले बिजुली बजारसम्म लखेटे ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ’आन्दोलन विभाजन गर्न अनेकथरी प्रचार भइरहेको छ । सचेत रहनुहोला । हामीले ढाँट्नुपर्ने केही छैन । २४ बुँदे कार्यसूची जारी गरेका छौं त्यो नै हाम्रो आधिकारिक डकुमेन्ट हो । यहाँ ९ बुँदे ७ बुँदेका कुरा पनि आइरहेका छन् । त्यस्तो केही होइन ।’
प्रतिक्रिया