काठमाडौं : नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले शनिबार २५ औं दिन पनि आन्दोलन जारी राखेको हो । शनिबार सरकारसंग भएको वार्ता निष्कर्ष बिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो ।
मन्त्रालयमा बिहान वार्ता गरेर फर्किएपछि प्रदर्शनलाई सम्बोधन गर्दै आफूहरूको माग पूरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले स्पष्ट पारे। उनले शिक्षकको माग अग्रगामी शिक्षा ऐन भएकाले ऐन जारी भएको भोलिपल्टमात्र विद्यालय फर्कने जानकारी गराए।
शनिबार काठमाडौंको बिजुलीबजारमा आन्दोलनका लागि आएका शिक्षकहरुले शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनमा उत्रिएका शिक्षकले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्। उनीहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले रोकेको छ ।
प्रतिक्रिया